काठमाडौंमा ६ हतियारधारी प्रहरी फन्दामा



 

काठमाडौं, २८ असोज
काठमाडौंको धुम्बाराहीबाट प्रहरीले ६ जना युवालाई हतियार सहित पक्राउ गरेको छ । धुम्बाराहीस्थित स्टार फूडल्याण्ड अगाडि रहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा काभ्रे सेफीचौर–५ का २८ वर्षीय सुमन भन्ने सोनाम तामाङ, कपिलबस्तु तौलिहवा–२ का २७ वर्षीय शम्भूकुमार अधिकारी, मकवानपुर गढी–२ का ३० वर्षीय आकाश तामाङ, सिन्धुपाल्चोक ठूलोपाखर–४ का ३५ वर्षीय महावीर तामाङ, काभ्रेपलान्चोक पुरानोगाउँ–७ का २४ वर्षीय हीराबहादुर लामा र काभ्रोपलान्चोक शिखरआमबोटे–१ का २५ वर्षीय राम अर्याल रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल १ थान र त्यसको गोली १ राउण्ड पनि बरामद गरेको छ ।