प्रचण्ड पुत्र प्रकाशले डिएसपीको पोसाक र दर्जा अंकित फोटो सार्वजनिक गरेपछि…

जेठ २७ । कहिले केटी काण्ड त, कहिले के के गरेर प्रोपोगान्डाका रुपमा विवादमा आईरहने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले नेपाल प्रहरीको पोसाक लगाएको फोटो सार्वजनिक गरेर विवादमा मुछिएका छन् ।



अर्कैको श्रीमतीलाई भगाएर भूमिगत जीवन जस्तै बिताएसँगै सार्वजनिक भएको केही समयपछि नै उनी नेपाल प्रहरीको पोसाकको विषयमा विवादमा परेका छन् । उनी नेपाल प्रहरीको बरिष्ठ उपरिक्षक (डिएसी) को दर्जानी चिह्नसहितको पोसाकमा फोटो सुट गराएर सार्वजनिक गरेपछि विवादमा मुछिएका हुन् ।

राजनीतिक दलका कार्यकर्ता तथा पत्रकारहरु समेत प्रहरी गुप्तचरमा रहेर कामगर्ने गरेको भए पनि प्रचण्ड पुत्र गुप्तचरमा काम गर्ने हुन् या होइनन् भन्नेबारे भने खुल्न सकेको छैन । जे भए पनि, यसरी प्रहरीको दर्ज्यानी चिह्नसहितको पोसाक लगाउनुलाई गैर कानुनी मानिने गरिन्छ । अझ पूर्व प्रधानमन्त्रीका छोरा समेत रहेका उनले यस्तो कार्य गर्नुले अब के हुने हो त्यो चाँही हेर्न बाँकी छ ।

प्रचण्डपुत्र प्रकाशले उक्त फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए । तर, उनले उक्त फोटो राखेको केही समयमै चौतर्फी रुपमा प्रहरी पोसाकको दुरुपयोग भयो भन्दै आलोचना भएपछि तत्काल नै हटाएका छन् ।