खरबुजाका दश फाइदा

गर्मी याममा खरबुजा अधिकांसको रोजाइमा पर्ने फल हो । खरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न खाले लवण पनि प्रसस्त मात्रामा पाइन्छ । यसले सरीरलाई शीतल बनाउने, सरीरमा डिहाइड्रेसनको खतरा क मगर्नेको साथै मुटु, मृगौला तथा रगत सम्बन्धि विभिन्न रोगको जोखिम पनि कम गर्ने विज्ञहरु बताउँछन् ।



वजन कम गर्न चाहनेहरुका लागि समेत खरबुजाको सेवन हितकारी हुन्छ किनकी यसमा क्यालोरी तथा चिनीको मात्रा निकै न्यून हुन्छ । साथै खरबुजा एन्टिअक्सीडेन्ट र भिटामिन सी को पनि राम्रो श्रोत हो । यसमा भिटामिन ए समेत पाइन्छ जुन आँखा तथा छालाको स्वास्थ्यका लागि समेत अनिवार्य हुन्छ । खरबुजाका फाइदा निम्न छन् :

खरबुजामा प्रसस्त मात्रामा अर्गानिक पिगमेन्ट क्यारोटिन्वाइड पाइन्छ जसले अन्य क्यान्सरबाट बचाउनका लागि फोक्सोको क्यान्सरको खतरा पनि कम गर्छ । यो तत्वले सरीरका क्यान्सर कोषलाई नष्ट गर्न सहयोग गर्छ ।

खरबुजामा एडेनोसिन नामक एन्टिकुएगुलेन्ट तत्व पाइन्छ । जसले रक्तकोशिकाहरुलाई जम्न दिँदैनन् । रक्तनलीमा रगत जम्ने समस्याले हृदयाघात लगायतका समस्या हुन्छन् तर एडेनोसिनले रक्तप्रवाहलाई सन्तुलित गर्छ र हृदयाघातको जोखिम कम गर्छ ।

कब्जियत तथा अन्य पेट सम्बन्धि समस्या तथा पेटको अम्लपना हटाउन पनि खरबुजाको नियमित सेवन फाइदाजनक हुन्छ । खरबुजामा पाइने कोलाजन प्रोटिनले छालामा पाइने कनेक्टिभ तन्तुका कोशिकाको संरचनालाई तन्दुरुस्त राख्छ । यसले छालाको सुन्दरता कायम राख्न मद्दत गर्छ । खरबुजाको नियमित भोजनले मुत्र विकार सम्बन्धि समस्या, मृगौला सम्बन्धि समस्या तथा मृगौलाको पत्थरी लगायतका समस्याको समाधानमा पनि सहयोग पूराउँछ । खरबुजामा भिटामिन बी पाइन्छ यसले सरीरमा उर्जाबर्धक तत्वको काम गर्छ ।

मोटोपनबाट पीडितहरुका लागि खरबुजाको नियमित भोजन निकै फाइदाजनक हुन्छ ।

आँखाको स्वास्थ्यका लागि समेत खरबुजाको नियमित भोजन लाभदायी हुन्छ । खरबुजामा भिटामिन ए प्रसस्तै पाइन्छ । यसले आँखाको ज्योति प्रवर्धनका लागि ठूलो भूमिका खेल्छ । खरबुजाको भोजन तनाबबाट मुक्तिका लागि समेत कामयावी हुन्छ । यसमा पाइने पोटासियम तत्वले मुटुको धड्कन, सरीरको रक्तप्रवाहलाई सन्तुलित गर्छ । खरबुजाको सेवनले मधुमेहको जोखिम पनि कम गर्छ ।