चितवनमा बाघको आक्रमणबाट २ जनाको ज्यान गयो, बाघ नियन्त्रणमा (भिडियोसहित)
पश्चिम चितवनको गीतानगर गाविस–४ देवनगरमा दुईजनाको ज्यान लिने नरभक्षी बाघलाई करिब तीन घण्टाको प्रयासपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ ।
सो बाघले आज बिहान स्थानीय ७५ वर्षीय हनुमन्ते सार्की र गीतानगर गाविस–१ उज्ज्वलनगरका ४० वर्षीय भीमबहादुर आले मगरलाई आक्रमण गरी मारेको थियो । सो क्रममा आलेलाई बचाउन खोज्दा स्थानीय ३० वर्षीय विकास न्यौपाने गम्भीर घाइते भएका छन् ।

दिउँसो मात्र आइपुगेको निकुञ्जको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको निकुञ्जका रेन्जर बिष्णु थपलियाले बताउनुभयो । यसअघि फागुन ७ गते सोही क्षेत्रमा अर्का एकजनालाई बाघले आक्रमण गरी मारेको थियो ।
आज बिहान करिब सात घण्टाको फरकमा दुईजनालाई आक्रमण गरी बाघले मारेको हो । बिहान करिब साढे ४ बजेको समयमा घरभित्र सुतिरहेका सार्कीलाई बाघले घरभित्रबाटै तानेर लगेको थियो । हनुमन्तेलाई आक्रमण गरेको बाघ लखेट्ने क्रममा देवनगरका आलेमगरलाई भने विहान ११ बजे आक्रमण गरी मारेको दक्षिणकाली सामुदायिक वनका सदस्य शिव अधिकारीले जानकारी दिनुभयो ।
नौवटा हात्तीको सहयोगमा प्राविधिक टोलीले सो बाघलाई नियन्त्रणमा लिएको हो । सेतो कपडाले बाघलाई घेरा हाली नियन्त्रणमा लिइएको सो बाघलाई लठ्ठाएर नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं