युएईसँग हारेपछि नेपाल सेमिफाइनलबाटै बाहिरियो(७६ रनले पराजित)
काठमाडौं,बैशाख २७ । मलेसियामा जारी एसिसी यु–१९ एलिट कपको सेमिफाइनलमा नेपाल युएईसँग ७६ रनले पराजित भएको छ। यो हारसँगै छ पटक यु-१९ विश्वकपमा सहभागी जनाएको नेपाल अब हुने विश्वकपबाट टाढिन पुगेको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईले शानदार प्रदर्शन गर्दै ७ विकेट गुमाएर २ सय ७१ रन बनायो । सुरे चोपराले १ सय १५ बलमा १ सय १४ रनको योगदान दिए । त्यसैगरी डान डिसुजाले ५८ रन बनाए ।

यसअघिका खेलहरुमा आकर्षक बलिङ गरेका अविनाश कर्णले ६५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सुशान्त भारी, भुवन कार्की, यज्ञमान कुमाल र निष्चल पाण्डेले एक–एक विकेट लिए । जवाफमा ब्याटिङका लागि उत्रिएको नेपालले ४६ ओभर १ बलको सामना गर्दै १ सय ९५ रनमात्र बनाउन सक्यो । नेपालले पहिलो ओभरदेखि नै विकेट गुमाउन सुरु गरेको थियो । हरिशंकर शाहले ५२ तथा भुवन कार्कीले ४१ रनको योगदान दिए ।
यो हारसँगै अब नेपालले तेस्रो स्थानका लागि मलेसियाको सामना गर्नेछ । समूह चरणमा नेपालले मलेसियालाई हराएको थियो ।
उपाधि भिडन्तमा भने युएई र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । आज भएको अर्को सेमिफाइनलमा अफगानिस्तानले मलेसियालाई एक सय ४० रनले हराएको छ । पहिलो ब्याटिङ गरेको अफगानिस्तानले २ विकेट गुमाएर दुई सय ३३ रन बनायो । जवाफमा मलेसिया ९३ रन बनाएर आउट भयो ।
समूह बी मा रहेको नेपाल समूहका चारै खेलमा जीत हात पार्दै सेमिफाइनलमा पुगेको थियो ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं