३३ दलले भोलिको नेपाल बन्द पनि फिर्ता लिए, अख्तियार कार्यालय घेरिने

बैशाख २९ । छवि धमिलाई सकेका व्यक्तिलाई अख्तियारमा नियुक्ती गरेको विरोधमा ३३ दलद्धारा भोलि आह्वान गरिएको नेपाल बन्द फिर्ता भएको छ ।



नेवारी समुदायको पर्वका कारण नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको भए पनि लोकमानका विरुद्धका कार्यक्रम भने जारी रहने बताइएको छ ।

यसअघि विभिन्न विद्यार्थी संगठनले लोकमान नियुक्तीको विरोधमा आजका लागि नेपाल बन्द आह्वान गरेपनि कक्षा १२ का परीक्षा भएकाले बन्द फिर्ता लिएका थिए ।

लोकमानको नियुक्तीको विरोधमा ३३ दल सम्बद्ध जनवर्गीय संगठनहरुको तर्फबाट बैशाख ३१ गते बिहान ९ देखि ११ बजेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

३३ दलद्धारा जारी विज्ञप्तिको पूर्णपाठ

प्रेस विज्ञप्ति

आज मिति २०७० बैशाख २९ गते ने.क.पा.–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ३३ दलीय बैठकबाट लिईएका निम्न निर्णयहरु जानकारी गराईन्छ । ज्ञ. भ्रष्टाचारीलाई अख्तियार प्रमुखमा नियुक्ति गरेको विरोधमा आयोजना गरिएको बैशाख ३० गतेको नेपाल बन्दको कार्यक्रम नेवारी समुदायको पर्वका कारणले स्थगित गर्ने । द्द. भ्रष्टाचारीलाई अख्तियार प्रमुखमा नियुक्ति गरेको विरोधमा ३३ दल सम्बद्ध जनवर्गीय संगठनहरुको तर्फबाट बैशाख ३१ गते बिहान ९देखि ११ बजेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने ।

घ. जेष्ठ १ गतेबाट शुरु हुने मेची–काली राष्ट्रिय स्वाधीनता अभियानको कार्यक्रमको समर्थनमा सबै जिल्ला सदरमुकामहरुमा पनि सोही दिन जनसभाको आयोजना गरी ऐक्यबद्धता प्रदर्शन गर्ने ।

द्ध. आप्रवासीहरुलाई नागरिकता नदिलाईयोस भनी खबरदारी गर्दा गर्दै पनि नागरिकता वितरण गर्न भनी शुरु गरिएको सरकारी घुम्ती टोलीले हालै सुनसरी, बारा, सिरहा लगायतका जिल्लाहरुमा भारतीयहरुलाई नागरिकता दिईराखेको समाचारहरु निरन्तर आईरहेका छन् । अतः ती घुम्ती टोलीहरुलाई अविलम्ब फिर्ता गरी विदेशीलाई नागरिकता दिन बन्द गरियोस भनीे यसका विरुद्ध सबै जिल्लामा जनप्रदर्शन र जनसभा गर्ने ।

छ. जेष्ठ १४ गते राष्ट्रिय स्वाधीनता अभियानको समापन कार्यक्रम काठमाडौंको खुुलामञ्चमा बृहत जनप्रदर्शनका साथ जनसभा सम्पन्न गर्ने ।

मिति: २०७०-०१-२९

३३ दलका तर्फबाट

देव गुरुङ सचिव— ने.क.पा.–माओवादी