१ दिन हाजिर गरेर ६ महिनाको तलब पड्काए हेडमास्टरले
९ जेठ,बझाङ। बझाङको एक विद्यालयमा प्रधानाध्यापकले छ महिनाको हाजिर एकै दिनमा गरेर सेवा सुविधाको दुरुपयोग गरिरहेको खुलासा भएको छ । पाँच बर्ष देखी स्याँडी गाविसकोेकेदार नमुना प्राविको प्रअ पदमा कार्यरत प्रकाश बोहराले छ सात महिनाको हाजिर एकैदिनमा गर्ने र तलब बुझ्ने गरेको थाहा भएको हो।

भारतको पिथौरागढमा नोकरी समेत गर्दै आएका प्रअ बोहराले आफ्नो दाई नाता पर्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीलाल बोहरालाई प्रभावमा पारी मनपरि गर्दै आएको अभिभावकहरुले बताएका हुन् ।
गत असाढ देखी भारतको पिथौरागढमा रहेका प्रअ बोहराको विरुद्ध बोल्ने अभिभावक लाई उतै बाट फोन गरेर हातखुट्टा भाँचिदिने धम्की दिने गरेको बताउने एक अभिभावकले नाम नबताउने शर्तमा भने । गाँउमा उसैको बोलवाला छकसैले विरोध गरे भने गाँउ छोड्नु पर्छ या त ज्यान जोखिममा राख्नु पर्छ,एक शिक्षकले भने ।
तिन कक्षा सम्म पढाई हुने उक्त विद्यालयमा ७० जना विद्यार्थीहरु अध्ययनरत छन । २ जना निजी र एक जना बाल शिक्षाको दरवन्दी रहेको उक्त विद्यालयका अध्यक्षले आफुले भनेको नमानेको र आफ्नो कामको विरोध गरेको आरोपमा अर्का शिक्षक गोपाल बोहरालाई शिक्षकबाट हटाए पछी बाल शिक्षाकोटामा कार्यरत एक जना शिक्षिका बिस्ना बोहराले ७० जना विधार्थी एक्लै धानिरहेकी छिन्।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं