कति निर्दयी आमा : पर पुरुषको अंगालोमा बाँधिन आफ्नो सन्तानलाई जंगलमा ज्युँदै छाडे (भिडियोसहित)
कुनै आमाले आफूले जन्मदिएका सन्तानलाई जंगलमा ज्युँदै छाडेर पर पुरुषको अंगालोमा बाँधिन जान्छन भन्ने तपाईले कल्पना गर्न सक्नुहुन्छ ? तर यस्ता निष्ठुरी आमाहरु पनि हुन्छन जसले परपुरुषलाई खुसी पार्न बच्चालाई अनकण्टार जंगलमा फालेर हिड्न सक्दा रहेछन । चितवनको नारायणगढकी मिना परियार (पौडेल) आफ्नो ११ महिने छोरालाई पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडेर आफू भने रात विताउन प्रेमीसँग गइन् । प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घण्टापछि जीवित उद्धार गरेको छ भने महिलालाई समेत नियन्त्रणमा लिएको छ । बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा माइतीघरबाट आफ्ना प्रेमीलाई भेट्न पर्वतको फलेबास हिंडेकी मिनाले मंगलबार दिउँसो ४ बजे छोरा भिष्म पौडेललाई झाडी र भिरालो स्थानमा छाडेर हिंडेकी थिइन ।
बाँकी भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोला।