क्षयरोग के हो ? कसरी बँच्ने ?

क्षयरोग के हो ? कसरी बँच्ने ? 4 क्षयरोग अर्थात ट्युवरकुलोसिस (सामान्य बोलीचालीमा टिबि ) माइकोब्याक्टेरिएम ट्युबरकुलोसिस (Mycobacterium tuberculosis) भन्ने सुक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो । संस्कृतमा यसलाइ राज्यक्षमा पनि भन्ने गरिन्छ । यो रोगले सरिरको क्षय गर्ने भएकोले नै यसलाइ क्षयरोग भनिएको हो । यसलाइ महारोग अर्थात रोगहरुको राजा पनि भन्ने चलन रहेको छ । क्षयरोग मुख्यतया फोक्सोको रोग भएतापनि सरिरका अन्य अ्र्ग जस्तै हाड , मस्तिष्क , आन्द्रा लगायतका भागमा पनि यसले संक्रमित गर्न सक्छ ।



क्षयरोगको जीवाणु हाछ्युँ गर्दा वा खोक्दा हावा सँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्- ( Airborne Droplet infection ) । यो जीवाणु सन् १८८२ मा रोबर्ट कोचले पत्ता लगाएका हुन् ।

जीवाणु पत्ता लागेको एक शताव्दी भैसक्दा र यो रोग निको पार्ने प्रभावकारी औषधी र रोग लाग्न नदिने खोपको व्यापक प्रयोग भैरहदा पनि क्षयरोग विश्रभरी नै मुख्य स्वास्थ्य समस्याको रुपमा रहदै आएको छ । एक अध्ययन अनुसार नेपालमा मानिसको ज्यानैलिने दोश्रो भयानक सरुवा रोगको रुपमा क्षयरोग रहेको छ ।

क्षयरोगको संक्रमण र रोगका लक्षण :

क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको सरिरमा प्रवेश गरेपछि संक्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिना देखि एक वर्ष सम्ममा यो रोगका लक्षण देखापर्न थाल्छन् । तर सामान्यतया ६ महिना देखि एक वर्ष सम्मको समयलाइ झ्याली समयको रुपमा लिने गरिन्छ । यो रोगका जीवाणुहरुले उत्पादन गर्ने एक प्रकारको विष Tuberculin को कारणले सरिरका कोषहरु को क्षय हुन जान्छ फलतः रोगका लक्षण देखिन थाल्छन् ।

सामान्यतया सरिरमा भएको रोग प्रतिरोधक कोषहरु (T-cell) ले जीवाणु हरुको प्रवेश र वृद्धी नियन्त्रण गर्ने गर्छन् । तर जब क्षयरोगका जीवाणुहरुको नियन्त्रणमा यस् कोषहरु असफल हुन्छन् तब जीवाणुहरु सम्पूर्ण रक्तप्रवाहमा समाहित हुन पुग्छन् । र फोक्सो लगायतका अङ्गमा पुगी वृद्धी हुन थाल्छन् । यो चरणलाई MiliaryTuberculosis भनिन्छ । रोग पाकेको चरणमा रक्तनलीहरु क्षतविक्षत पारी प्वाल पार्ने र कोषहरुलाई मार्ने गर्छन् । फोक्सोका भित्ताहरुमा समेत प्वाल पर्न जान्छ । यो अवस्थामा निम्न लक्षणहरु देखिन थाल्छन् ।

क. लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने

ख. सरिरको वजन घट्ने

ग. फोक्सोमा पीडा महसुस हुने ज्वरो आउने आदि ।

यदी सहि उपचार नभएमा रोगीको मृत्यु हुन सक्छ ।

क्षयरोगबाट को को खतरामा छन् त ?

केटाकेटी किशोर किशोरी र वयस्क जो सुकै पनि क्षयरोग संक्रमणको सिकार बन्न सक्छन् ।

रेागी सँग बारम्बार सम्पर्कमा आइरख्ने जस्तै चिकित्सक र रोगीको परिवार

धेरै भिडभाड र रोगसंक्रमित क्षेत्रका बासिन्दा

अल्कोहल लगायतका मध्यपान र धुम्रपानको कुलतमा लागेका हरु र बढि धुलो धुवामा बस्नेहरु

एड्स रोगी जसको रोगप्रतिरोधात्मक क्षमता हुदैन

रोगबाट बच्न के गर्ने ?

धुम्रपान मध्यपान नगर्ने

बालबालिकाहरुलाइ उचित समयामा बिसिजि को खोप लगाउने

रोगका लक्षण देखिएमा जचाएर उपचार गर्ने र रोगको संक्रमण अरुमा फैलिन नदिने

हाछ्यँु गर्दा र खोक्दा मुख छोप्ने

नेपालमा क्षयरोगको बर्तमान अवस्था

विश्वमा करीब १.७ अर्ब मानिस क्षयरोग बाट संक्रमित भएको बताइएको छ । त्यसमध्ये एक तिहाइ रोगी सार्क क्ष्ृत्रका नेपाल , भारत , बङ्गलादेश , पाकिस्तान , श्रीलङका , लगायतका राष्ट्रहरुमा भएको तथ्याङ्कहरु सार्वजनिक भएका छन् । । नेपालमा प्रत्येक दश जना मध्ये ६ जना मानिस यो रोगबाट संक्रमित छन् । प्रतिवर्ष ४० हजार नया रोगी थपिने गरेका छन् । एक तथ्यांकका अनुसार नेपालमा भएका क्षयरोगी मध्ये ५ देखि १५ प्रतिशत रोगी बालबालिका रहेका छन् । बालबालिका यो रोगबाट धेरै पिडित रहेको र बालमृत्युदरको एक मुख्य कारणको रुपमा यो रहेको छ । बालबालिका हरु यो रोगको संक्रमणको बढि जोखिममा पनि रहेका हुनछन् । कुपोषण भएका बालबालिकाहरु क्षयरोगको झनै जोखिममा रहेका हुन्छन् ।

नेपालमा धेरै जनता अििशक्षित छन् । जसले यो रोग इश्वरले सरापेर दिएको हो भन्ने रुढिवादी मान्याता राख्छन् । बालबालिका यो रोगबाट बढि प्रभावित हुने कारणले पनि वयस्कहरुमा यो रोग बढि छ भन्ने कुरालाइ प्रतिबिम्बित गरेको हुन्छ ।

उपचार र नियन्त्रण

क्षयरोगको सरल र सहज उपचार सम्भव भएपनि यसले वर्षेनी हजार्रौको ज्यान लिने गरेको छ । त्यसैले यो रोगप्रति हेलचेक्राइ नगरिकन छिटौ औषधोपचारमा लाग्नुपर्छ ।

यो रोग लाग्नै नदिन बिसिजी नामक खोप दिइन्छ

यो रोग लागि सकेपछि भने रोग पत्ता लगाएर विभिन्न औषधिको प्रयोग गरी उपचार गरिन्छ (Chemotherapy)

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक एक सेकेण्डमा एक जना मानिसलाई क्षयरोगले संक्रमित गर्ने गरेको छ । विश्वका एक तिहाइ मानिस क्षयरोगबाट संक्रमित छन् । यद्यपि असाध्य र महारोग मानिएको क्षयरोगको उपचार सहज बन्दै गएकोले यो रोगबाट प्रभावित हुने र ज्यान गुमाउनेको संख्या कम भएको छ । तरपनि नेपालको केही ग्रामिण क्षेत्रमा व्याप्त रोग र रोगीप्रतिको नकारात्मक सोच र लापरवाहीले गर्दा रोगीले अनाहकमा ज्यान गुमाउनुपरेको तितो यथार्थ रहेको छ । तसर्थ क्षयरोगबारे पुर्ण जनचेतनाको खाँचो छ । कुलचन्द्र अर्याल (एजेन्सीको सहयोगमा)