कोरियनसँग बिहे गर्न भाषा परीक्षा पास गर्नुपर्ने !

मीनप्रकाश उप्रेती

१७ जेठ, सउल । वैवाहिक समन्ध कायमगरि कोरिया आउन चाहाने बिदेशिहरुले पनि कोरियन भाषा परीक्षा पास गर्नुपर्ने भएको छ । कोरियाको न्याय तथा मानव सम्साधान मन्त्रालयले यसै साता एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । आगमि वर्षदेखि लागुहुने गरी सो नियमको तर्जुमा गरिएको मन्त्रालयले जनाएको छ ।




यसै विदेशी नागरिकले वैवाहिक समन्ध कायम गरी कोरिया आउन चाहेमा ल्याउने कोरियन नागरिकले भने आफ्नो आय स्रोत देखाउनु पर्ने भएको छ । आय स्रोत कम्तीमा पनि ११ लाख कोरियन वन हुनु पर्ने भएको छ । भाषा परीक्षाका लागि तय गरिएको मापदड पुरा नगरेमा पुन छ महिना पछि फेरि भाषा उतिर्णका लागि परीक्षा भने दिन पाउने भएको छ ।

बिदेशिहरु भाषाकै कारणबाट अपमानित र पीडित भएको गुनासो आए पछि उक्त नियम लागू गर्ने व्यवस्था कोरियन सरकारले गर्न लागेको हो । यस अघि कुनै बाधा अढ्चन बेगर वैवाहिक समन्ध कायम गरी कोरिया आउने प्रावधान थियो ।