अफगानिस्तानमा पाँच अमेरिकी सैनिक मारिए

बैशाख २२, एजेन्सी । अफगानिस्तानको दक्षिणी भागमा अवस्थित कान्दाहार प्रान्तको माइवान्ड जिल्लामा सडक किनारामा राखिएको एक बम विस्फोट हुँदा अमेरिकी पाँच सैनिक मारिएका छन् ।



अफगानमा तालिवानले एक साता अगाडि गृष्मकालीन आक्रमणको घोषणा गरेका थिए ।

नेटोको अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले जारी गरेको एक विज्ञप्तिमा यस विषयमा पुष्टि गरिएको छ तर थप विवरण दिइएको छैन । कान्दाहार प्रान्तका प्रहरी प्रमुख जनरल अब्दुल राजेकले अमेरिकी पाँच सैनिकको उनीहरू चढेको गाडी विस्फोटक पदार्थमा पर्दा मृत्यु भएको बताए ।

चार दिन अगाडि छिमेकी हेलमान्ड प्रान्तमा यस्तै आक्रमणमा बेलायतका तीन सैनिकको मृत्यु भएको थियो ।