अख्तियार प्रमुख बन्दै गरेका लोकमान ७२ लाखको सुन तस्करी
चैत्र ७ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि एमाओवादीबाट सिफारिस गरिएको भनिएका लोकमानसिंह कार्की ७२ लाख बराबरको रकमका सुन तस्करी रहेको तथ्य खुलेको छ ।
जो अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बन्दैछन् भनिएको छ उसैलाई उही अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुन तस्करी काण्डमा दोषी ठहराएको तथ्य खुलेको हो ।

तीनै कार्की जो भन्सार विभागका महानिर्देशक हुँदा २०५१ सालमा भ्रष्टाचार गरी ७२ लाख रुपैयाँबराबरको तस्करीको सुनलाई वैधता दिएकोमा दोषी ठहरिएका थिए । सो समयमा उनी दोषी ठहरिएपछि अख्तियारले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको व्यक्ति नै अहिले अख्तियार प्रमुख बन्न लागेपछि यसले निक्कै ठूलो विवाद समेत उत्पन्न गराईदिएको छ ।
अख्तियारले दोषी ठहराएको व्यक्तिलाई सिफारिस गर्नु अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको उल्लंघन मात्र नभई संवैधानिक निकायकै अपमान भएको भन्दै चिन्ता र चासो समेत बढेर गएको छ ।
त्रिभुवन विमानस्थल भन्सारले २०५१ मा ७२ लाख रुपैयाँबराबरको बेवारिसे सुन बरामद गरेको थियो । समातिने डरले तस्करले सुन छाडेको तत्कालीन भन्सार कार्यालयका एक अधिकारीले बताए । विभागका तत्कालीन महानिर्देशक कार्कीले नक्कली सुन धनी (भवीन्द्र बुढाथोकी० खडा गरी छुटाएको कान्तिपुरले समाचार छापेको छ । त्यसबाट सरकारको ७२ लाख गुम्न पुगेको थियो ।
त्यस काण्डमा अख्तियारले दायर गरेको मुद्दामा जिल्ला अदालतले कार्कीले भ्रष्टाचार गरेको ठहर गरी कैद सजाय र बिगोबराबरको जरिवाना गरेको थियो ।
तर, पुनरावेदनले सरकारी वकिलले मुद्दा दायर गर्नुपर्नेमा अख्तियारले दायर गर्नु 'त्रुटिपूर्ण भएको' भन्दै मुद्दा खारेज गरी कार्कीलाई बचाएको
थियो । अख्तियारले २०५७/०५८ को वाषिर्क प्रतिवेदनमा संवैधानिक निकायले मुद्दा दायर गर्न मिल्दैन भनी कार्कीलाई बचाउन मुद्दा खारेज गर्ने पुनरावेदनको निर्णय त्रुटिपूर्ण रहेको टिप्पणी गरेको थियो । अख्तियारले प्रतिवेदनमा कार्कीलाई उनीविरुद्ध दायर भएको मुद्दाभित्र प्रवेशै नगरी सफाइ दिएर उल्टो इन्साफ दिएको टिप्पणीसमेत गरेको थियो ।
पुनरावेदनको फैसला चित्त नबुझी अख्तियार फेरि सर्वोच्च गएको थियो । २०५६ सालमा तत्कालीन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले सर्वोच्चबाट रहस्यमय ढंगले कार्कीलाई सफाइ दिएका थिए । अख्तियारले शर्माको निर्णय त्रुटिपूर्ण भएको भन्दै पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दिएको थियो । त्यसमा सर्वोच्चले अझै निर्णय दिएको छैन ।