जथा-भाबी लोला हान्नेलाई दुई वर्ष जेल सजाय
चैत्र ७ – होली भन्दै जथाभावी लोला हान्ने, पानी छ्याप्नेलगायतका विकृति गर्नेलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको छ ।
होली पर्व नआउँदै जथाभावी लोला हान्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने जानकारी प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक दिलीप चौधरीले दिए ।

प्रहरी, प्रशासनले होली पर्वलाई विकृतिमुक्त बनाउनको लागि सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको जनाएको छ । होली पर्वमा समेत कसैको इच्छाविपरीत होली को नाममा फोहर पदार्थ फाल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ ।
अहिलेदेखि नै होली पर्वलाई व्यवस्थित र विकृतिमुक्त बनाउने अभियानमा लागेको बताउँदै उपरीक्षक चौधरीले अभियानमा अवरोध पु¥याउनेलाई विशेष निगरानी गर्दै कारबाहीको दायरामा ल्याउने र कडाभन्दा कडा कारबाही गर्ने निर्णय भएको बताए ।
हरेक वर्ष होली पर्वको नाममा विकृति बढेको र होली आउँन नपाउँदै जथावाभी रुपमा फोहर पदार्थले हान्ने, महिलालाई हिँड्डुलमा समेत समस्या पर्ने र होली पर्वमा महिला तारो बन्नुपर्ने अवस्था आउने भएपछि प्रशासनले तिनै कुरालाई दृष्टिगत गर्दै होली पर्व नआउँदै सचेतना जगाउने कार्य गरेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले कहीँकतै होली पर्वको नाममा यस्ता गलत कार्य भएमा तुरुन्त प्रहरीलाई खबर गर्नसमेत अनुरोध गरेको छ ।EKANTIPUR.COM