अनुमती विना नै खुलेका निजी विद्यालयले अभिभावकलाई झुक्याउँदै, विद्यार्थी भर्ना गर्दै
कमल बि.सी.
२२ वैशाख, बर्दिया । नयाँ शैक्षिक सुरुवातसँगै बर्दिया जिल्लामा अनुमती विना नै खुलेका निजी विद्यालयले अभिभावकलाई झुक्याउँदै धमाधम विद्यार्थी भर्ना गरिरहेका छन् । घरघरमा पुगेर झुटो प्रलोभन देखाउँदै त्यस्ता विद्यालयले विद्यार्थी बटुल्ने गरेका छन् ।
अनुमती नभएका करिव दुई दर्जन बढी निजि विद्यालय अभिभावकलाई झुक्याएर विद्यार्थी भर्ना गर्ने काममा सक्रिय देखिएका छन् । तल्लो तहको मात्र अनुमती लिएका कतिपय विद्यालयले माथिल्लो तह कक्षामा समेत भर्ना गर्ने गरेका छन् ।
जिल्लाको नेउलापुर-४ स्थित नेशनल एकेडेमी, मगरागडी-४ को होप एकेडेमी, मगरागडी- ९ को डायमण्ड एकेडेमी, डेउढाकला-३ को गोल्डेन पब्लिक एकेडेमीलगायतका विद्यालयहरु अनुमती विना नै निवार्धरुपमा चलिरहेका छन् । शिक्षा नियमावली संशोधन २०६७ ले तहगत अनुमतिका लागि रोक लगाएको छ । तर, केही निजि विद्यालयले अभिभावकलाई झुक्याएर माथिल्लो तहमा भर्ना गरेका छन् ।
यसैगरि जिल्ला शिक्षा कार्यालयले गत वर्षदेखि नयाँ विद्यालय खोल्न रोक लगाएको जिल्ला शिक्षा अधिकारी दिनेशकुमार क्षेष्ठले जानकारी दिनुभयो । शिक्षा कार्यालयले अनुमती विना संचालन भइरहेका विद्यालयलाई कारवाहीका लागि परिपत्र गरेको बताएपनि अहिलेसम्म कुनै विद्यालयलाई कारवाही भएको छैन ।