वर्षभरि बलात्कार - गर्भ फाल्न नमानेपछि गाउँबाटै विस्थापित
बुटवल, जेष्ठ ११ - रूपन्देही मोतीपुरकी १५ वर्षीया बालिकालाई 'धम्क्याउँदै' एक वर्षदेखि लगातार बलात्कार गरिएको खुलासा भएको छ । त्यति मात्र होइन, पेटमा रहेको चार महिने गर्भ 'फाल्न' नमान्दा पीडकले 'परिवारै सिध्याइदिने' धम्की दिएपछि उनी गाउँबाटै विस्थापित हुन पुगेकी छन् । ती १५ वर्षीया बालिकालाई मोतीपुर-९ मनोहराका ३१ वर्षीया विश्वास चौधरीले एक वर्षअघिदेखि बलात्कार गर्दै आएका हुन् ।
पेटमा गर्भ रहेको थाहा पाएपछि भन्न जाँदा विश्वास र उनका परिवारले उल्टै बालिका र पीडित परिवारलाई ज्यान लिने धम्की दिए । गाउँका स्थानीय नेता र 'भलादमीहरू' ले पनि साथ नदिएपछि बालिका अलपत्र परिन् । अलपत्र बालिकालाई बुटवलको एक संरक्षण गृहमा राखिएको छ । ती बालिकाकी विधवा आमाले गाउँमा आफूहरूलाई समेत बस्ने अवस्था नरहेको दुखेसो पोखिन् । 'छोरीलाई तुरुन्त झिकाएर गर्भ फाल्दे, नत्र तिमीहरूको उठीबास लगाउँछौं भनेका छन्,' उनले रुँदै शुक्रबार कान्तिपुरसँग भनिन् । सुरुमा एक वर्षअघि बालिकालाई चौधरीले घरमा कोही नभएका बेला ढोका थुनेर बलात्कार गरेका थिए ।
'पहिलो पल्ट चक्कु घाँटीमा राखेर कसैलाई भने वा चिच्याएमा तँ र तेरो परिवारलाई मारिदिन्छु भनेर जबर्जस्ती गर्यो,' बालिकाले भनिन्, 'बलात्कारपछि ऊ र्फकने बेलामा म रगताम्य थिएँ, छिटो सम्हाल नत्र ठीक हुन्न भनेर थर्काएर गएकोथ्यो ।' घरपरिवारलाई मारिदिन्छु भनेकाले डरले कसैलाई नभनेको उनले सुनाइन् । पहिलो घटना लुकाएकी बालिकाको गोप्यताको फाइदा उठाउँदै चौधरीले त्यसपछि लगातार बलात्कार गरिरहे । प्रायः साँझपखको समयमा घरमै आएर बलात्कार गर्ने गरेको बालिकाले बताइन् । चौधरीले बालिकाका बावुकै अगाडि पनि धेरै पटक बलात्कार गरेका थिए ।
स्थानीयका अनुसार पीडित परिवार गाउँकै सबैभन्दा गरिब हो, जो बाह्रै महिना बालिकाको आमाको मजदुरीका भरमा बाँचेको छ । महिनाअघि मृत्यु भएका बालिकाका बावु बोल्न सक्दैनथे । टीबी रोगले थलिएका उनी हिँड्डुल गर्न पनि सक्दैनथे । त्यसको फाइदा उठाउँदै आमा र दाजुभाइ घरमा नभएका बेला चौधरीले घरमै आएर र जबर्जस्ती करणी गर्ने गरेको बालिकाले बताइन् । 'बाकै अगाडि पनि धेरै पटक गर्यो । प्रत्येक पल्ट आमा या दाइलाई भने मारिदिन्छु भन्थ्यो,' उनले रुँदै घटना सुनाइन्, 'बा सुतेको खाटमा लात्तीले हानेर चुप लाग् बूढा भनेर जान्थ्यो ।' बालिकाको महिनावारी रोकिएको र बान्ता गरेपछि आमाले उपचारका लागि चिकित्सककहाँ लगेकी थिइन् ।
चिकित्सकले पेटमा गर्भ छ भनेपछि बालिकाले बलात्कार बताएकी हुन् । 'सुरुमा छोरी र म उनको घरमा गएर भन्यौं,' बालिकाकी आमाले भनिन्, 'मेरो गर्भ होइन भन्दै चौधरी र उनका परिवारले धेरै गाली गरे । कालोमोसो र जुत्ताको माला लगाएर गाउँ डुलाउने भन्दै धम्काए ।' चौधरी परिवारले धम्काएपछि न्यायको याचना गर्दै उनीहरू गाउँका दल र तिनका अगुवाकहाँ पुगेका थिए । तर उनीहरूले उल्टै गर्भ फाल्न र मिलापत्र गर्न दबाब दिए ।
गाउँका महिलाले बालिकालाई महिला तथा बाल अधिकार सञ्जालमा ल्याए । सञ्जाल र ओरेक नामको संस्थाको सहयोगमा जबर्जस्ती करणीअन्तर्गत इलाका प्रहरी कार्यालय बुटवलमा बालिकाले उजुरी हालेकी छन् । गाउँमा असुरक्षा भएपछि उनलाई बुटवलको संरक्षण गृहमा राखिएको हो । प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले उजुरीका आधारमा चौधरीलाई पक्राउ गरिसकिएको बताए । 'जबर्जस्ती करणीअन्तर्गतको मुद्दा चलाएका छौं,' बैदवारले भने, 'सात दिनको म्याद थपेर अनुसन्धान जारी छ ।' लुम्बिनी अञ्चल अस्पतालले उनको पेटमा १८ हप्ताको गर्भ रहेको पुष्टि गरेको छ ।
पुरा भिडियो हेर्न को लागि तल को बक्समा डबल क्लिक गर्नुहोस