ललितपुरको जंगलमा यौन सम्पर्क राखी गोप्य रूपमा अस्लिल भिडियो खिच्ने चार जना यसरी परे प्रहरीको फन्दामा!!

२९ बैशाख, काठमाडौ । एक महिलासँग यौन सम्पर्क राखी गोप्य रूपमा भिडियो खिच्ने पक्राउ परेका छन् । प्रहरीले अश्लील भिडियो बनाएको आरोपमा ललितपुर ठैबका विनोद महर्जन, ऋद्धिबहादुर महर्जन, रामचन्द्र मगर र कृष्णचन्द्र श्रेष्ठलाई पक्राउ गरेको बताइएको छ ।



उनीहरूले ललितपुरको गोदामचौर जङ्गलमा महिलालाई लगेर शारीरिक सम्पर्क राखी मोबाइलबाट भिडियो खिचेका थिए । सो भिडियो विभिन्न व्यक्तिको मोबाइलमा पुगेपछि महिलाले थाहा पाएर प्रहरीमा जाहेरी दिएकी थिइन् ।

पक्राउ परेकालाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही हुने ललितपुर प्रहरीले जनाएको छ । ललितपुरको विशंखुनारायण बस्ने महिलासँग उनीहरूले सहमतिमै शारीरिक सम्पर्क राखेका थिए । तर, संगै रहेका अन्य साथीले मोबाइलबाट भिडियोसमेत खिचेर विभिन्न व्यक्तिको मोबाइलमा फैलाएका थिए ।


तलको बक्समा क्लिक गर्नुहोस।