दीपिकाको मुक्काले अस्पतालमा भर्ना भए साहरुख

बलिउड नायक साहरुख खान अन्ततः आफ्नो काधको अप्रेशनका लागि मुम्बइको लिलाबती अस्पतालमा भर्ना भएका छन् । उनको लिलाबती अस्पतालमा मंगलबार नै काधको सर्जरी गरिने छ ।२ महिना अघि बहुप्रतिक्षित चलचित्र ‘चेन्नाई एक्सप्रेस’ को छायांकनको क्रममा साहरुखको काधमा असर परेको थियो । साहरुख ‘रा वन’को छायांकन देखि नै काधको चोटबाट ग्रस्त भएका हुन् । तर ‘चेन्नाई एक्सप्रेस’मा खतरनाक स्टन्ड गर्दा साहरुखको काधमा अझ असर परेको थियो । उनको निजी डाक्टरले पनि अप्रेशन गर्न आग्रह गरेका थिए । तर चलचित्रको छायांकन र आइपिएलका कारण साहरुखले अप्रेशनलाई पछाडी सारेका थिए ।



चलचित्र ‘चेन्नाई एक्सप्रेस’को छायांकनको अन्तिम दिन नायिका दीपिका पादुकोणसँग जिस्किने क्रममा साहरुखको काधमा अझ बढि असर परेको थियो । तर साहरुख आफ्नो सम्पुर्ण काम सकेर मात्र काधको अप्रेशन गर्न तयार भएका हुन् । उनी अब केही दिन लिलातबी अस्पतालमा नै आराम गर्नेछन् । यसपश्चात साहरुखले आफ्नै घरमा एक महिना आराम गर्ने भारतिय संचारमाध्यहरुले जनाएका छन् । आफ्नो पिताको अप्रेशन हुने भएपछि साहरुखका छोरा आर्यन मंगलबार लण्डनबाट मुम्बई आइपुगेका छन् । अहिले लिलावती अस्पतालमा साहरुख पत्नी गौरी, छोरी सुहाना, छोरा आर्यन छन् ।