रेग्मीको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः प्रचण्ड (भोलि निर्वाचनको मिति घोषणा हुने)

१४ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खिलराज रेग्मीको नेतृत्वको सरकारको विकल्प खोज्नु मुलुकको लागि अर्को दुर्घटना निम्त्याउनु भएको बताएका छन् ।



संविधानसभाको निर्वाचन घोषणा र विमितिका विषयमाहरुमा सार्थक वार्ता गरेर निर्वाचनको बातावरण बनाउन दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अन्र्तगत ग्एको टोलीसँग कुरा गर्दै उहाँले भन्नुभयो – ‘खिलराज रेग्मीको विकल्प खोज्ने बेला भएको छैन । ११ बुँदे सहमति र २५ बुँदे बाधा अडकाउ फुकाउमा सहमति गर्ने दलहरुले नै विकल्प खोज्ने कुरा गर्नु दुखद हो ।’

मंसिरको पहिलो साता संविधानसभाको निर्वाचन गर्ने गरी बुधवार मिति घोषणा हुने खुलासा गर्दै प्रचण्डले मंगलबार विहान मन्त्री परिषदका अध्यक्षसँगको भेटमा त्यस्तो सहमति भएको जानकारी दिए ।

उनले भन्नुभयो-’सरकार निर्वाचनका मिति घोषणा गर्न गंभिर छ । बुधवार विहान उच्चस्तरीय राजनीति समितिको बैठक बसेर विवादित विषयमा सहमति कायम गरेपछि गणतन्त्र दिवसकै दिन मिति घोषणा हुन्छ । निर्वाचन भएन भने अप्ठ्यारो स्थिति आउँछ भन्नेमा सरकार गंभिर पाएको छु । मिति घोषणा पछि निर्वाचनको माहौल आफै बन्छ । ‘

निर्वाचन ऐन र निर्वाचनको मिति घोषणा पहिला नै घोषणा हुनु पर्ने भए पनि हुन नसकेकोमा दुख ब्यक्त गर्दै उहाँले मंसिरमा निर्वाचन गर्नेमा विपक्षमा रहेका दलहरुसहित कसैको पनि विमती नभएकोले मिति घोषणा गर्न कुनै अप्ठ्यारो नभएको दावी गरे ।

निर्वाचन गराउने विषयमा सरकार र राजनीतिक दलहरुको संकल्प भएको तोकिएकै मितिमा निष्पक्ष र भयरहित निर्वाचन हुने विश्वास ब्यक्त गर्दै प्रचण्डले निर्वाचन हुँदैन कि भन्ने आशंका कसैले पनि गर्न नहुने प्रचण्डको तर्क छ ।