मजदुरको न्यूनतम तलव ८ हजार रुपैयाँ
१४ जेठ, काठमाण्डौ । नेपालमा मजुदरको न्यूनतम तलव मासिक ८ हजार रुपैयाँ पुर्याइने भएको छ ।
सोमबार रातीसम्म चलेको रोजगारदाता, ट्रेड युनियन र सरकारी अधिकारी सम्मिलित वार्ताले न्यूनतम तलव ८ हजार पुर्याउने सहमति गरेको हो । यसअघि मजदुरको न्यूनतम तलव ६ हजार २ सय रुपैयाँ थियो ।
सोमबारको वार्तामा मासिक तलव ५ हजार १ सय रुपैयाँ र महंगी भत्ता २ हजार ९ सय रुपैयाँ गरी जम्मा ८ हजार रुपैयाँ पारिश्रमिक दिने सहमति भएको हो । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको न्यूनतम तलव ३ सय १८ रुपैयाँ तोकिएको छ । यसअघि यो दर दैनिक २ सय ३१ रुपैयाँ थियो । पछिल्लो सहमतिअनुसार न्यूनतम मासिक तलव ४३ दशमलव ६६ प्रतिशतले बढेको छ भने कूल तलव २९ प्रतिशतले ।
हरेक दुई दुई बर्षमा महंगी र मुद्रास्फितिको दरलाई आधार मानेर मजदुरको ज्याला पुनरावलोकन गर्ने सहमतिअनुसार नयाँ तलवमान तोकिएको हो । सहमतिलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेर राजपत्रमा प्रकाशित गरेपछि लागू गरिने छ । सरकारी स्रोतले अनलाइनखबरलाई दिएको जानकारीअनुसार एक साताभित्रै नयाँ तलवमान राजपत्रमा प्रकाशित हुने छ ।
न्यूनतम तलवका बिषयमा मजदुर युनियन र रोजगारदाता ब्यबसायीवीच सधै किचलो हुने गरेको छ । भिन्न-भिन्न दलसम्बद्ध युनियनहरुले भिन्न-भिन्न दरमा न्यूनतम तलव माग्दै बेलाबेला आन्दोलन र हड्तालसमेत गर्दै आएका छन ।