बिहे गर्न घर र गाडी किन्ने सर्त

नायिका ऋचा घिमिरे सोचेभन्दा बाठी रहिछन् । उनी कति बाठी रहिछन् भन्ने कुरा गत भ्यालेन्टाइन डेमा उनैले सुनाएको उनको प्रेम प्रसंगबाटै प्रस्ट हुन्छ । निर्देशक शंकर घिमिरेसँग उनको पहिलो भेट चलचित्र विषमा काम गर्दाताका भएको रहेछ । शुरूमा उनले शंकरलाई साथी सम्झेकी थिइन् रे । पछि उनै शंकर ऋचाको जीवनसाथी बन्न पुगे । ‘विषमा काम गर्दा हामीले भर्खरै भेटेका साथीका रूपमा व्यवहार गर्‍यौं’, उनले सम्झिइन्– ‘पछि वीरताको चिनोमा काम गर्दासम्म एकदमै मिल्ने साथी भयौं, फिल्मको सम्पूर्ण काममा सल्लाह हुन थाल्यो ।’ वीरताको चिनोमा काम गरिरहँदा शंकरले ऋचालाई भित्रभित्रै मन पराइसकेका थिए रे । ‘सुटिङमा सँगै भइरहेकाले उहाँलाई मेरो र मलाई उहाँको आनीबानी सबै थाहा भइसकेको थियो’ ऋचाले सम्झिइन्– ‘बिहेको कुरा आएपछि उहाँलाई ठीकै छ, मलाई विवाह गर्ने भए घरमा गएर कुरा गर्नू भनेँ । एउटा सर्त राखेँ । म सानो घर र गाडी चाहन्थें । त्यो पूरा गर्नका लागि उहाँले चितवन घरमा गएर बुबाआमासँग कुरा गर्नुभयो अनि काठमाडौंमा घर बनाउनुभयो र गाडी पनि लिनुभयो ।’ सुनिश्चि भविष्यका लागि पाँच महिनाकी गर्भवती जसरी ऋचाले मुखै फोरेर शंकरलाई घर र गाडी जोड्न लगाइन्, त्यसैबाट प्रस्ट हुँदैन त उनको चलाखी