प्रमिलाको पावरफुल बैशले धक्का हान्यो आर्यनलाई

नायक आर्यन सिग्देल यतिबेला हेटौडामा चलचित्र ‘दबाब’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा समावेश एक आइटम गीतमा आर्यनले नव कलाकार प्रमिला खनालसँग मस्ती गरेका छन् ।‘मेरो पावरफुल वैशको धक्काले’ बोलको आइटम गीतमा आर्यन र प्रमिलाले नृत्य गरेका हुन् ।



गीतमा नायक आर्यन सिग्देललाई टाउकामा फेता बाधेर नाँच्दै गरेको देख्न सकिनेछ । उनले गीतको अवस्था अनुसार आफुले फेता कसेर नृत्य गरेको बताए ।दयाराम दाहालको निर्देशनमा तयार भएको यो सिनेमाको छायांकन अन्तिम चरणमा पुगेको छ । चलचित्रको २ गीत र क्लाइमेक्सको दृश्य छायांकन गर्न बाँकी रहेको नायक सिग्देलले जानकारी गराएका छन् । चकलेटी नायक आर्यन सिग्देलका साथमा यो सिनेमामा नायिका निता ढुंगानाको अभिनय छ ।