काठमाडौंको महादेवस्थानमा चितुवाको आक्रमण,दुई जना घाइते
काठमाडौं , वैशाख १२ – काठमाडौंको महादेवस्थानमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
स्थानीयवासी शान्ता खड्काका अनुसार विधान थापामगर र विकास श्रेष्ठलाई चितुवाले आक्रमण गरेको हो । घाइतेहरू वीर अस्पतालमा उपचारपछि घर फर्किसकेको उनले बताइन् । ‘पन्ध्र दिनदेखि चितुवा घर आँगनमा आएर आक्रमण गरेर जान्छ, कसैलाई मतलब छैन,’ उनले भनिन् । विभिन्न निकायमा चितुवा आक्रमणबारे सूचना दिँदा पनि कुनै सुनुवाइ नभएको उनले बताइन् ।
जिल्ला वन कार्यालय काठमाडौंका रेन्जर पुष्कर थापाले चिडियाखानाको प्राविधिक टोलीको सहयोगमा चितुवालाई समाउने बताए । कानुनी प्रक्रियाले गर्दा कठिनाइ भएको उनले उल्लेख गरे । ‘जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ, स्थानीवासीलाई निवेदन दिनु भनेर भनिसकेका छौं,’ उनले भने ।