न्यूजिल्याण्डमा समलिंगी विवाहलाई कानूनी मान्यता

न्यूजिल्याण्डको संसदमा प्रस्तुत समलिंगी विवाह विधेयकको पक्षमा वहुमत सदस्यले मतदान गरेपछि न्यूजिल्याण्डमा समलिंगी विवाहलाई कानूनी मान्यता दिएको छ । सन् १९५५ को विवाह कानूनमा संशोधन गर्ने प्रस्तावको पक्षमा ७७ र विपक्षमा ४४ मत परेको थियो । समलिंगी विवाहलाई वैधानिकता दिने न्यूजिल्याण्ड विश्वको १३ औँ र एसिया प्रशान्त क्षेत्रमा पहिलो देश बनेको छ



विधेयक पारित भएपछि अब समलिंगी जोडीहरुलाई संयुक्त रुपमा धर्मपुत्र धर्मपुत्री राख्न अधिकार हुनेछ । नेदरल्याण्ड, बेल्जियम, स्पेन, क्यानडा, दक्षिण अफ्रिका, नर्वे, स्वीडेन, पोर्चुगल, आइसल्याण्ड, अर्जेन्टिना र डेनमार्क र उरुग्वे सहितका विश्वका १२ राष्ट्रले समलिंगी विवाहलाई कानुनी मान्यता दिएका छन् ।



निर्णयसँगै न्युजिल्याण्ड समलिंगी विवाहलाई वैधानिकता दिने एसिया प्रशान्त क्षेत्रमै पहिलो राष्ट्र र विश्वमा १३ औँ राष्ट्र बनेको छ । समलिंगी तथा तेश्रोलिंगीको अधिकारका लागि कार्यरत अधिकारवादीहरुले समलिंगी विवाहलाई वैधानिकता दिइएपछि मानवअधिकार तथा समानताको क्षेत्रमा कोसेढुंगा सावित भएको भन्दै खुशियाली मनाएका छन् ।



संसदको वहुमतले प्रस्तावको पक्षमा मतदान गरेपछि संसदभवन बाहिर समलिंगी तेश्रोलिंगीले द्विप प्रज्वलन गरि खुसी मनाएका थिए । न्यूजिल्याण्का अधिकांश मानिस पारित भएको कानूनको विपक्षमा रहेको समाचार संस्था एपीले जनाएको छ ।