कस्तो अचम्मको गुलाबी रङ को ताल हेर्नुस् त!!
यदि तपाईंलाई कसैले पेप्टो बिस्माल पोखरी कुनै रसायनको प्रयोगबाट बनाइएको होइन भन्ने हो भने तपाईंले पत्याउनु हुँदैन होला । तर अष्ट्रेलियाको रिसर्चे आर्किपेलागोको सबैभन्दा ठूलो आइल्यान्डमा अवस्थित पोखरीको तस्बिर हेर्नुभयो भने तपाईंले पक्कै पनि विश्वास गर्नुहुनेछ ।

नुनिलो पानी भएको उक्त पोखरीको एक झलक हेर्नको लागि प्लेनमा सवार मानिसहरु आफ्नो सिटबाट उठेर हेर्ने गर्दछन् । ब्रिटिश न्याभिगेटर र हाइड्रोग्राफर म्याथ्यु फ्लिन्डिरको जर्नलमा यसको अस्तित्वको बारेमा ब्याख्या गरिएको थियो । सन् १८०२ मा म्याथ्युले बिचको आइल्यान्डको सबभन्दा चुचुरोमा गएर वरिपरिको पानीको बारेमा सर्वेक्षण गर्नुपरेको थियो र त्यहि क्रममा उनले यो गुलाबी रङको पोखरीको बारेमा थाहा पाए । मानिसहरुको पहुँचबाट उक्त पोखरी धेरै वर्ष टाढा रह्यो । केहि वर्षअघि मात्र यहाँ नुन बनाउने साधनहरु जडित गरियो । यसको आकर्षण यसको सुन्दरतामा मात्र नभएर यसले बोकेको रहस्यमा पनि छ । यसको प्राकृतिक रहस्य अहिलेसम्म पनि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । पोखरी गुलाबी हुनुमा धेरै मानिसहरुले धेरै अड्कलबाजीहरु लगाइसकेका छन् कसैले पनि यहि नै हो भनेर ठोकुवा गर्न भने सकेका छैनन् । कुनै भाँडोमा यसलाई उठाउँदा पनि पानीको रङ गुलाबी नै हुने गर्दछ । धेरैजसो पर्यटकहरु स्ट्रबेरी मिल्क सेकजस्तो देखिने यो पोखरीमा पौडी खेल्न लालायित हुने गर्दछन् ।(एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला