नेपालले आफ्नै भू-उपग्रह राख्ने
५ वैशाख, काठमाण्डौं । सरकारले अन्तरिक्षमा नेपाली स्याटेलाइट (भू-उपग्रह) राख्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) को व्यवस्थाअनुसार सन् २०१५ भित्र आफ्ना सदस्य राष्ट्रलाई अन्तरिक्षको स्लट लिनुपर्ने बाध्यकारी व्यवस्था छ ।
नेपाल आईटीयूको सदस्य राष्ट्र हो । बर्सेनि बढ्दै गएका टेलिकम कम्पनीका नयाँ नयाँ सेवा, टेलिभिजन र डाइरेक्ट होम -डीटीएच) सँगै मुद्रा बिदेसिने क्रम बढेपछि सरकारको ध्यान स्याटेलाइटतर्फ तानिएको हो । गत वर्ष सूचना तथा सञ्चार क्षेत्रबाट २ अर्व रुपैयाँ स्याटेलाइट प्रयोगवापत विभिन्न मुलुकमा बिदेसिएको थियो ।
अन्तरिक्षमा स्याटेलाइट राख्नुपर्ने आईटीयूको बाध्यकारी व्यवस्थाबमोजिम यस विषयमा छलफल अगाडी बढाइएको सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिएको खबर कारोबार दैनिकले छापेको छ । उनले सन् २०१४ सम्म नेपालले प्रक्रिया अगाडी बढाएन भने नेपालका लागि अन्तरिक्षमा छुट्टयाइएको निर्धारित स्लट अरु नै देशले लिने भएकाले गम्भीर भएर अगाडी बढ्नुपर्ने अवस्था आएको छ ।
मन्त्री पौडेलले यस विषयमा वातावरण, विज्ञान तथा प्रविधि, सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, रेडियो नेपाल, नेपाल टेलिभिजनलगायतका निकायसँग छलफल गरेको जानकारी दिए । उनले अध्ययनका लागि पाँच सदस्यीय कार्यदल बनाउन निर्देशनसमेत दिइसकेका छन् ।