इँटाभट्टाको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

खजुरा (बाँके), वैशाख ७- बाँके जिल्लाको खजुरास्थित एक इँटाभट्टाको खाल्डोमा डुबेर आज दुईजना बालकको मृत्यु भएको छ। सोनपुर गाविस-४ स्थित चाइना इँटाभट्टाको खाल्डोमा डुबेर स्थानीय १३ वर्षीय मिठु यादव र ११ वर्षीय रामशरण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



प्रहरीका अनुसार घरबाट भैसी चराउन गएका दुवैजना पौडी खेल्ने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको हो। सो घटनापछि स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै नेपालगञ्ज-खजुरा सडकखण्ड अवरुद्ध पारेकोमा इँटाभट्टाले बालकका परिवारलाई तत्काल रु ५०/५० हजार दिने र खाल्डो वरिपरी तारजाली लगाउने सहमति भएपछि बाटो सुचारु भएको छ। रासस