मन्त्रिपरिषदको बैठक बस्दै

५ वैशाख, काठमाण्डौं । सरकारको नियमित काम कारबाहीका बारेमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयका मन्त्रालयगत एजेण्डा, चुनावका लागि सरकारले चाल्ने कदम तथा सरकारको विपक्षमा रहेका दलहरुसँग गरिने वार्ता लगायतका विषयमा छलफल हुने मन्त्रिपरिषदका अध्यक्षको नीजि सचिवालयले जनाएको छ ।