छुटेकाहरुको आजदेखि मतदाता नमावली संकलन गरिने

काठमाडौ, चैत १ – निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलनमा छुटेकाहरुको लगत लिने काम बिहीबादरेखि शुरु गर्दैछ ।

चैत १० गतेसम्म देशभरका हरेक गाविस र नगरपालिकामा छुटेकाहरुको विवरण संकलन गरिने आयोगका प्रवक्ता अनिलकुमार ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो ।



उहाँका अनुसार छुटेकाहरुको नामावली संकलन काम चैत महिनाभर चल्नेछ । देशभरी एक करोड ५४ लाख मतदाता रहेको अनुमान गरिएकोमा अहिलेसम्म एककरोड १० लाख नामावली संकलन भएको आयोगले जनाएको छ । यस्तै दलहरुको सहमति अनुसार नयाँ चुनावको लागि आवश्यक तयारी पनि भैरहेको ठाकुरले बताउनुभयो ।

नयाँ सरकार गठन भएपछि प्राप्त निर्देशन अनुसार तयारीलाई अझै तिव्रता दिने उहाँको भनाई छ । दलहरुबीच असार पहिलो हप्ताभित्र संविधानसभाको दोस्रो चुनाव गर्ने सहमति भएको छ ।