कम तलबले बढाउँछ ब्लड प्रेसर

जागिरमा पाउने तलबले मान्छेको ब्लड प्रेसरको सन्तुलनमा समेत प्रभाव पार्ने कुरा हालै पत्ता लागेको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको शोधका अनुसार कम तलब हुने कर्मचारीमा उच्च रक्तचापको समस्या बढि हुन्छ । शोधका क्रममा यस्तो उच्च रक्तचापको समस्या २५ देखि ४४ वर्षसम्मका महिला तथा युवाहरुमा बढि देखियो । जब शोधकर्ताहरुले यो उमेर समूहका मानिसहरुमा ब्लड प्रेसर किन बढि छ ? भन्ने कुराको खोजिनीति गरे, तब पत्ता लाग्यो रगतको पारो तताउने मुख्य चुरो त तलब पो रहेछ । जागिरको तलब सँगै व्यापार व्यवसाय, तनाव, शिक्षा तथा बिमा लगाएका विषय पनि रक्तचाप बढाउने मुख्य तत्व हुन् । शोधकर्ताहरुका अनुसार यदि जागिरे युवाहरुको तलब दोब्बर पार्ने हो भने उनीहरुमा उच्च रक्तचापको समस्या २५ देखि ३० प्रतिशतले घट्छ । यस्तै तलब दोब्बर पार्दा युवतीहरुमा रक्तचापको समस्या ३० देखि ३५ प्रतिशतले घट्ने निष्कर्ष शोधकर्ताहरुको छ । अध्ययन अनुसार आफ्नो तलबबाट सन्तुष्ट रहने कर्मचारीहरु बढि स्वस्थ तथा दीर्घजिवी हुन्छन् ।