पूर्वमन्त्रीहरुलाई कालोसूचीमा राख्ने तयारी

१० चैत, काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले लामो समयदेखि बेरुजु फस्र्योट नगर्ने पूर्वमन्त्रीहरु त्था उच्चपदस्थ व्यक्तिहरुको नाम कालोसूचीमा राख्ने तयारी गरेको छ । बेरुजु बुझाउन पटक पटक तोकता गर्दा पनि अटेर गरेकाले उनीहरुको नाम कालोसूचीमा राख्न लागिएको हो ।



विभिन्न समयमा मन्त्री हुँदा ऐनमा व्यस्था नै नगरी मन्त्रिपरिषद्बाट निर्णय गराई दसैं खर्च लिएका मन्त्रीहरुको नाममा बेरुजु रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर दसैं पेस्की लिए पनि महालेखा परीक्षकको कार्यालयले दसै पेस्की लिएका सबैको नाममा बेरुजु औंल्याउँदै असुलउपर गर्न मन्त्रिपरिषद् कायालयलाई निर्देशन दिएको खबर नयाँ पत्रिकाले छापेको छ ।



यसरी बेरुजु फस्र्योट नगर्ने पूर्वमन्त्रीहरुमा काँग्रेस नेता शेरबहादुर देउवाको सात हजार, एमाले नेता माधबकुमार नेपाललको ७ हजार पाँच सय, एमाले नेता केपी ओली सात हजार पाँच सय, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारको ५९ हजार सात सय साथै लोकेन्द्रबहादुर चन्दको ११ हजार बेरुजु रहेको छ । महालेखा परीक्षकको कर्यालयले दिएको जानकारी अनुसार एक पटक मन्त्रीभएकाहरुको सातहजार पाँचसय, दुई पटक मन्त्री भएकाहरुको नाममा १५ हजार र तीन पटक मन्त्री भएकाहरुको नाममा २२ हजारसम्म बेरुजु रहेको छ । बेरुजु फस्र्योट गर्न ३० चैतसम्मको म्याद दिएको प्रधानमन्त्री कार्यालयले त्यसबेला सम्ममा नबुझाउनेको नाम कालोसूचीमा राख्ने कार्यालयको तयारी छ ।