दुई चरणमा निर्वाचन गराउने सरकारी तयारी

१० चैत, काठमाण्डौं । गृह प्रशासन दुई दिन लगाएर संविधानसभा निर्वाचन गर्दा सुरक्षा र निष्पक्षताका हिसाबले बढी ढुक्क हुन सकिने निष्कर्षमा पुगेको छ । निर्वाचन आयोगमा पदाधिकारी नियुक्त भएपछि मात्र औपचारिक छलफल चल्ने भए पनि गृह मन्त्रालयका अधिकारी र सुरक्षा निकायका प्रमुखहरुबीच यससम्बन्धी योजना बनाउने कसरत सुरु भइसकेको छ ।

खिलराज रेग्मी नेतृत्वमा बनेको चुनावी सरकारले यही असारमा निर्वाचन गर्नेमा जोड दिइरहेको सन्दर्भमा सुरुषा र निष्कक्षताका लागि दुई दिन लगाएर निर्वाचन गर्नु वेश हुने प्रारम्भिक अवधारणा गृहका अधिकारीहरुले तय गरेको खबर कान्तिपुर दैनिकले छापेको छ ।

एकै दिनमा देशभर चुनाव सम्पन्न गर्न विगतमा जस्तै ठूलो संख्यामा म्यादी प्रहरी नियुक्त गर्नुपर्ने स्थिति छ । गृहका अधिकारीहरु म्यादे प्रहरी राखेर सुरक्षा व्यवस्था मिलाउने कुराप्रति उत्साहित छैनन् । ‘राज्यलाई थपिने व्ययभार त छँदैछ, केही दिनको तालिमले न उनीहरुबाट प्रभावकारी सुरक्षा आस गर्न सकिन्छ न उनीहरुले राजनीतिक आग्रह नराखिकन काम गर्छन भन्ने ग्यारेन्टी छ,’ एक उच्च सुरक्षा अधिकृतले भने ।

गृह र परराष्ट्रमन्त्री माधव घिमिरेका साथै गृहका वरिष्ठ अधिकारीहरुले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग सुरक्षा व्यवस्थाका लागि उपलब्ध सामथ्र्यसम्बन्धी बि्रफिङ लिइसकेका छन् । ‘एकै दिन गर्दा म्यादे प्रहरी राख्नै पर्ने देखियो, जुन राम्रो विकल्प होइन भन्ने् हाम्रो बुझाई हो,’ एक अधिकारीले भने ।