नेपाल बैंकले जग्गा, घर र सम्पत्ति बेच्ने
१० चैत, काठमाण्डौं । चुक्ता पुँजी चार अर्ब पुर्याउने तयारीमा लागेको नेपाल बैंकले सम्पत्ति बिक्री गर्न थालेको छ । बैंकले पुरानो तथा निष्त्रिmय गरी दुई अर्ब रुपैयाँ बराबरको सम्पत्ति बिक्री गर्न थालेको हो । त्यसबाहेक केही जग्गा र भवनसमेत बिक्री गरिने बैंकले जनाएको छ ।
पुँजी वृद्धि योजना अनुसार बैंकले गत मंसिरमा नेपाल स्टक एक्सचेन्जमा आफ्नो सेयर पुन सुचीकरण गरी कारोबार थालेको थियो । सोही योजना अनुसार बैंकले जारी गर्न लागेको हकप्रद सेयरको फाइल नेपाल धितोपत्र बोर्डमा पुगेको छ । बैंकले अब चाँडै आफ्नो योजनाअनुसारको पुँजी पुर्याउने तयारी गरेको जनाएको छ । नेपालकै पहिलो यो बैंकले पछिलो चरणमा विभिन्न जिल्लामा रहेको सम्पत्ति बिक्री गर्ने जनाएको खबर हिमालय टाइम्सले छापेको छ ।
‘बैंक तथा वित्तीय संस्थाहरुले जनताको निक्षेप परिचालन गर्ने भएकाले आफ्नो पुँजी पनि बलियो हुनुपर्छ भन्ने भएर हामीले पुँजी योजना परिमार्जन गरेर बढाउन लागेका हौं,’ बैंकको व्यवस्थापन समूहका संयोजक महेश्वरला श्रेष्ठले भने, ‘चार अर्ब पुँजी बनाउने योजना ल्याएका छौं, यसमा सम्पत्ति बिक्री सुरु भएको छ र हकप्रद सेयरको फाइलसमेत धितोपत्र बोर्डमा पुगेको छ ।’