यात्रु बोकेको बस दुर्घटना, २५ यात्रु घाइते

चैत्र ७ – रौतहटमा आज यात्रु बोकेको एक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । चन्द्रनिगाहपुरस्थित तल्लो बजारमा भएको दुर्घटनामा घाइतेहरु मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

गौरबाट वीरगञ्जको लागि छुटेको ना ४ ख २९९६ नम्बरको महकाली बस तीब्र गति रहेका कारण अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

उक्त बस मोटरसाइकल वर्कशप नजिकै दुर्घटना भएकाले सात वटा भन्दा बढी मोटरसाइकलमा समेत क्षति पुगेको बताइएको छ ।

घाइतेहरुको अहिले उपचार भईरहेको छ भने चालक चाँही फरार भएको प्रहरीले जनाएको छ ।