इजरायली प्रमुख शहरहरु ध्वस्त पार्ने चेतावनी

इरानका सर्वोच्च धार्मिक नेता आयलुल्लाह अली खामेनीले इरानमाथि आक्रमण भए इजरायलको तेलअवीव र हाइफा जस्ता इजरायली प्रमुख शहरहरु ध्वस्त पार्ने चेतावनी दिएका छन् ।



इरानी नयाँ वर्ष ‘नौरोज’ को अबसरमा राष्ट्रिय टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै खमेनीले इजरायली शहरहरुलाई निशाना बनाउने चेतावनी दिएका हुन् । उनले भनेका छन्-’यहूदी राष्ट्रका नेता हामीमाथि सैन्य आक्रमण गर्ने धम्की दिन्छन् । म सम्झाउन चाहन्छु कि उनीहरु जान्दछन् र यदि जान्दैनन् भने भन्न चाहन्छु कि यदि उनीहरुले यस्तो गल्ती गरे भने इरान तेल अवीव र हाइफालाई बर्वाद गरिदिन्छौं ।’ उनले परमाणु कार्यक्रमबारे अमेरिकासँगको सिधा बार्ताको नजिताप्रति धेरै आश नरहेको बताए । यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले चाल्ने सम्भावितक खतराबाट बच्न जस्तो सुकै कदम उठाउने बताउनु भएको थियो ।