बक्षस्थल देखाउने युवतीलाई निःशुल्क प्रवेशको अफर

आजकल मार्केटिङ यति जटिल भैसक्यो कि सामान्य तरिकाले केही कुरा भनेर कसैले सुन्नेवाला नै छैन । सायद त्यही भएर आजकल पश्चिमा मुलुकहरुमा आफ्नो चिजको प्रचार गर्न नयाँ नयाँ तरिका अपनाइन्छ ।




 बेलायतको एक नाइट क्लबले नयाँ काइदा अपनाएको छ । क्लवले आफ्नो बक्षस्थल बीचको भाग (क्लिभेज) देखाएर आउने महिलाहरुलाई निःशुल्क प्रवेश दिने प्रस्ताव अघि सारेको छ । ‘नेशनल क्लिभेज विकेण्डर’ले कशिलो ब्रा तथा कपडामा पोटिला स्तन देखाएका युवतीहरुको तस्वीर टाँसेको छ । क्लबले आफूहरुको प्राथमिकता स्तनको आकार नभइ प्रस्तुती भएको बताएको छ ।



यो अफर अपि्रल ४ बाट ६ गतेसम्म मात्र लागू हुनेछ । क्लबका मालिक हारुन स्टोनले भने यो एक उत्सव जस्तो भएको दावी गरेका छन् । क्लबको क्षमता १५ सय मानिस अटाउने छ । यद्यपी यसको चर्को विरोध भएको छ । लेबर पार्टीका एक पार्षदले तीन पाउण्डका लागि स्तन देखा भन्नु अपमानजनक भएको बताए ।