१० चैत, काठमाडौं । संवैधानिक परिषद्ले राष्ट्रपतिको प्रश्नको जवाफसहित निर्वाचन आयोगमा नियुक्तिका लागि पुरानै नाम पठाएको छ । परिषद्को शनिबार बसेको बैठकले यसअघि गरिएको सिफारिस संविधान प्रतिकुल नहुने भन्दै पूरानै नाम पठाउने निर्णय गरेको हो । ‘किन संबिधानको प्रतिकूल छैन भनेर आधार खुलाई पुनः राष्ट्रपतिलाई पुरानै नाम सिफारिस गरिएको छ’- मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले अनलाइनखबरसँग भन्नुभयो-’परिषद्को पत्र लिएर सहसचिव शंकर पाठक राष्ट्रपति कार्यालय जानुभएको छ ।’
यसअघि राष्ट्रपति डा. रामवरण यादव र अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्तहरुको निुयक्तिबारे छलफल भएको छ ।
भेटमा संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका रेग्मीले परिषद्को सिफारिस संविधान र चार दलबचिको सहमति अनुुसार नै भएको दावी गर्नु भएको छ । राष्ट्रपति यादवले शुक्रबार यसअघि ६ वर्षे कार्यकाल पूरा गरिसकेका आयुक्तहरुलाई पुनः नियुक्ति गर्दा अन्तरिम संविधानको धारा १ सय २८ को ३ र ७ आकषिर्त हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नु भएको थियो ।
परिषद्ले यसअघि कार्यबाहक निर्वाचन प्रमुख आयुक्त गरेका निलकण्ठ उप्रेती र दोलखबहादुर गुरुङ र आयुक्त अयोधीप्रसाद यादवसहित इला शर्मा र रामभक्त पीभी ठाकुरको नाम सिफारिस गरेको थियो ।
प्रष्टीकरणसहित निर्वाचन आयोगमा पुरानै नाम सिफारिस पत्र लिएर सहसचिव राष्ट्रपतिकहाँ