कुन देशका महिला सबैभन्दा धोकेबाज ?

एक अध्ययनले घानाका महिलाहरू सबैभन्दा धोकेबाज भएको देखाएको छ। कन्डम उत्पादक कम्पनी युरेक्सले विश्वका ३६ देशका २९ हजार महिलामा गरेको अनलाइन सर्वेक्षणअनुसार घानाका ६२ प्रतिशत युवतीले आफ्नो प्रेमी वा पार्टनरलाई धोका दिने गरेका छन्। दोस्रो स्थानमा थाइल्यान्डका तरुनीहरू छन्। सयमध्ये ५९ जना थाइ महिलाले आफूले आफ्नो पार्टनर वा प्रेमीलाई धोका दिएको कुरा स्वीकार गरे। तेस्रो स्थानमा मलेसियाली महिला परेका छन्।



३९ प्रतिशत मलेसियाली महिलाले आफ्नो पार्टनरलाई धोका दिएको पाइएको छ। चौथो स्थानमा रुसी महिला छन् भने पाँचौं स्थानमा सिंगापुरे महिला छन्। यता प्रेमिप्रेमिका दुवैले एक-अर्कालाई धोका दिने मामिलामा भने थाइल्यान्डका तरुनी- तन्नेरी एक नम्बरमा छन्। दोस्रो नम्बरमा दक्षिण कोरियाली तन्नेरी छन् भने तेस्रो स्थानमा मलेसियाली छन्। यस्तै एसियाली पुरुषमध्ये बढी युवती फेर्ने मामिलामा भने सिंगापुर र हङकङका पुरुषहरू एक नम्बरमा छन्। त्यहाँका पुरुषले आफ्नो जीवनकालमा औसतमा १६ जना के टीसँग मस्ती गर्न भ्याउँछन्।