अपडेटः नेपाली श्रमिक र मलेसियनवीच झडप, दुई नेपाली घाइते,६ नेपाली कामदारको मृत्यु भएको आसंका

रामचन्द्र नेपाल/भीम तामाङ



१२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय मलेसियनविच झडप हुँदा २ जना गम्भिर घाइते भएका छन । घटनामा ६ नेपाली कामदारको मृत्यु भएको हल्ला भएपनि त्यसको पुष्टी नभएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।



‘दूतावासका कर्मचारी अस्पताल पुगेर घाइतेहरुलाई भेट्नुभयो’ मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराइले अनलाइनखबरसँग भन्नुभयो-’तर अस्पतालमा नेपालीहरुको शव पनि भेटिएन, प्रहरीले पनि नेपालीको मृत्यु भएको पुष्टी गरेन ।’



घाइते दुई जनामात्र भेटिए



जोहोरको सुल्तान अस्पतालमा महमतपुर रौतहटका रामलाल साहु र सामरी-४ नुवाकोटका राजु वम्रेल (विश्वकर्मा) को उपचार भैरहेको छ । साहुको दुई खुटटा र दुई हात भाँचिएको छ र उनी वोल्न नसक्ने अवस्थामा छन भने राजुको टाउको भन्दा तल आँखामाथि गहिरो चोट लागेको छ । यी दुई जनाबाहेक कोहि पनि हिजोको घटनामा परी अस्पताल नआएको अस्पतालले जानकारी दिएको छ ।



दूतावासका दृतिय सचिव चक्र सुवेदीले अस्पताल भर्ना भएका दुई घाइतेसँग कुराकानी गरी घटनाबारे जानकारी लिनुभएको छ । उनीहरुले दिएको जानकारीअनुसार नेपाली नेपालीवीच भएको बिबादमा एउटा पक्षले स्थानीय युवाहरु ल्याएपछि झडप भएको थियो ।



घटनाबारे जानकारी लिन अहिले सुबेदीसहितको टोली घटनास्थल पासिरगुडाङतर्फ गएको छ । स्थानीय प्रहरी चौकी र रोजगारदाता र नेपाली श्रमिकसँग छलफल गरी घटनाबारे सत्यतथ्य जानकारी लिइने सुबेदीले जानकारी दिनुभयो ।



श्रमिकको भनाई



जोहोरस्थित हाम्रा सहकर्मी भिम तामाङका अनुसार दिउँसो करीव साढे २ वजे तिर कम्पनीवाट काम सकेर होस्टल तर्फ आईरहेको वखत स्थानिय व्यक्तिसंग सामान्य भनाभन भएपछि साझँपखवाट झडपको शुरुवात भएको नेपाली श्रमिकहरुले वताएका छन । को संग के बिषयमा विवाद परेको थियो भने आफुहरुले समेत थाहा नपाएको उनीहरुको भनाई छ ।



साँझ स्थानिय ब्यक्तिहरु हतियारसहित होस्टलमा आएको वताईएको छ । उनीहरुले अन्धाधुन्ध कुटपिट गरेको नेपाली श्रमिकहरुले वताएका छन । ‘भर्खरै डिउटि सकेर होस्टलमा आएका थियौ हतियार लिएका स्थानियहरु होस्टलमा देखेपछि भागेर ज्यान वचायौँ’-धनुषा घर भएका तपेश्वर यादवले भने । ब्लक न २० मा रहेको पाचतले उक्त होस्टलमा बिभिन्नि कम्पनीका करीव तीन सय जना नेपालीहरु वस्दै आएको वताईएको छ । त्यसमध्ये दुईवटा कम्पनीका श्रमिकहरुलाई राती नै होस्टल परिवर्तन गराईसकेको एक नेपालीश्रमिकले अनलाईन खवरलाई जानकारी गराए ।



हिजो साझँको घटनामा रामलाल साहु र राजु वम्रेल गंभिर घाईते प्रत्यक्ष रुपमाआफुले देखेको सागरले बताए । हिजो रातभरी त्यस क्षेत्रको अवस्था तनाव भएपनि अहिले विहानपखवाट केहि सामान्य वन्दै आएको छ । केहि कम्पनीहरु चल्न शुरु गरिसकेका छन । कतिपय कम्पनीमा काम गर्ने नेपाली श्रमिकहरु सम्र्पकबिहीन भएको भएपनि उनीहरुको अबस्थाबारे जानकारी हुन सकेको छैन ।