चितवनमा बस पल्टियो, १२ जना घाइते

चैत १२ - पश्चिम चितवनको मङ्गलपुर गाउँ विकास समिति–२ मा आज बिहान बस पल्टिँदा १२ जना घाइते भएका छन् ।



जितपुरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ६१३६ नम्बरको बस स्पिरिङ पाता भाँचिएर खेतमा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।