१४ बर्षिया किशोरीलाई खोलामा लगेर सामूहिक बलात्कार
२७ फागुन, बिर्तामोड । झापामा एक १४ वर्षिय किशोरी सामूहिक बलात्कारको शिकार भएकी छिन । पिडित बालिकाको भनाइका आधारमा प्रहरीले दुई जनालाई पक्रेको छ भने अन्य एकजना फरार छन । ममता विक नाम परिवर्तनलाई स्थानिय शरणामतीका वीरबहादुर विक, लालबहादुर विक र फौजे विकले सामूहिक बलात्कार गरेका हुन । हाल फौजे भने फरार छन ।
निज तिनजनाले मादक पदार्थ सेवन गरी स्थानीय शरणामतीमा रहेको बिरिङ खोलामा लगेर १४ बर्षिय किशोरीको सामूहिक बलात्कार गरेका हुन । पिडित किशोरीले दिएको बयान अनुसार बलात्कारीहरुले फकाएर खोलामा लगेर बलात्कार गरेका हुन । पक्राउ पछि दुई जनाले खोलामा आवाज नआउने भएकाले खोलामा लगेर बलात्कार गरेको बयान दिएको प्रहरीले बताएको छ ।
पिडित किशोरीको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिए छ । परिक्षणबाट समेत किशोरी बलात्कारमा परेको पाइएको प्रहरीको भनाइ छ । हाल बलात्कार पिडित किशोरीको स्वास्थ्य सामान्य छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !