आयरल्याण्ड र बेलायती नागरिकको बिहेमा पञ्चेबाजा(भिडियो हेर्नुहोस् )

२७ फागुन, गोरखा । फागुन २६ गते शनिबार त्रयोदशी तिथि । बिहेको लगन त थिएन, तर एउटा मन्दिरमा झ्याँईझ्याँई पञ्चेबाजा बज्यो । पुरेतले मन्त्रोच्चारण गर्न थाले । पुरेत शम्भुबाबु अर्यालले जेजे गर्नु भन्थे वर बधू त्यसैत्यसै गर्थे । वर थिए आयरल्यान्डका नागरिक नोल र बधू थिईन्, बेलायती नागरिक इमा । नोल र इमाले शनिबार दिउँसो गोरखाको होटेल इनमा रहेको मन्दिरमा नेपाली परम्परा अनुसार पञ्चेबाजा बजाएर बिहे गरेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।



ब्ेलायतको पबहाउसमा सँगै काम गर्दा नोल र इमाको २० बर्षअघि प्रेम सम्बन्ध कायम भएको थियो । सोही प्रेमलाई सार्थकता दिँदै दुवैले नेपाली परम्पराअनुसार पञ्चैबाजा बजाएर स्वयंवर गरे अनि नेपाली परम्परा र संस्कार अनुसारै सिन्दूर हालेर बिहे गरेका थिए । इमा गत एक मिहनादेखि गोरखाको महेन्द्र ज्योति उच्चमाविमा गडहेड्स नामक गैरसरकारी संस्थाका तर्फबाट स्वयंसेवकको रुपमा काम गरिरहेकी थिईन भने नोल केही दिन अघिसम्म आयरल्यान्डमै थिए । इमाले नेपाल भ्रमणमा बोलएर नोललाई शनिबार बिहानमात्रै बिहेको जानकारी गराएर बिहे गरेकी थिइन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !