समाचार वाचिकाले पढिन आफ्नै विहेको प्रस्ताव

अलबामा, चैत्र ८ – अमेरिकाको टीभी च्यानल न्युज-५४ की समाचार वाचिका जिलिअन पाभलिकाले ‘बे्रकिङ न्युज’ पढ्ने क्रममा अनजानवश आफ्नै प्रेमीद्वारा लिखित बिहे प्रस्ताव पनि प्रसारण गर्न पुगेकी छन् । हाकिमको निर्देशनअनुरूप तुरुन्तै समाचार प्रसारण गर्नुपरेकोले समय अभावमा स्क्रिप्ट पढ्न नपाउँदा उनीबाट यो भूल हुन पुगेको हो । अनजानमै पूरा स्त्रिmप्ट पढ्दा उनी हैरानसँगै खुसी पनि थिइन् ।



स्त्रिmप्टको ठाउँमा उनको पुरुष मित्रले बिहेको प्रस्ताव लेखिदिएका थिए, जसलाई उनले हतारमा पूरै वाचन गर्न पुगिन् । सेलिब्रेटी जीवनशैली र कामको धपेडीले निजी जीवनबाट अलगथलग भएकी जिलिअनले बिहेको सुन्दर प्रस्ताव पढेपछि भावुक भएर रुन पुगेकी थिइन् । सारा संसारले यो अद्भुत र अनपेक्षित समाचार सुनिरहेका थिए । त्यही बेला मित्र भिन्स रेमोसले घुँडाको बलमा बसेर बिहेको इच्छा प्रकट गरेका थिए । उनले यो प्रस्तावलाई आत्मीयताका साथ विश्वकै अगाडि स्विकारिन् । उनले भिन्सलाई अँगालो हालिन् । ६ वर्षदेखि मित्रताको बन्धनमा रहेका उनीहरूले अन्ततः बिहे गर्ने तयारीमा जुटेका छन् । उनीहरूको यो रोचक भिडियोेले संसारभरि लोकपि्रयता पाएको छ । टि्वटरमा उनीहरूलाई थुप्रै शुभकामना र बधाई प्राप्त भइरहेका छन् । शनिबार राति ९ बजेको यो खबरलाई अर्को सहयोगीले मौसमको भविष्यवाणीका साथ सकाएका थिए । ‘यो हो फक्स-५४, शतप्रतिशत सत्य समाचारले आँसुको केही थोपासँगै आनन्द पनि दिने छ ।’