नायिका रेखा थापाले भनिन् "अमेरिकाका नेपालीहरु प्रायजसो सबै भिखारी (Homeless) रहेछन्, उनीहरु नेपाल आउँदा सम्मान गर्नुपर्ने जरुरतनै छैन ।"

नायिका रेखा थापाले यो माथिको भिडियोमा भनिन् अमेरिकाका नेपालीहरु प्रायजसो सबै भिखारी (Homeless) रहेछन्, उनीहरु नेपाल आउँदा सम्मान गर्नुपर्ने जरुरतनै छैन । Watch Video Above रेखाजीलाई पत्र प्रिय रेखाजी, गाह्रो नमान्नु होला ! दुखित नहुनुहोला! रिसले आगो नहुनुहोला ! र मन्दमुस्कान पनि नर्छनुहोला, प्रिय शब्दको सम्बोधन देखेर । के गर्ने सम्बोधनको लागि यो भन्दा मिठो शब्द नै भेटाईन । शुरूवात कताबाट गरौँ आफ्नै परिचयबाट कि अर्कै विषयवस्तुबाट । मेरो परिचयबाट शुरूवात गर्नुको कुनै अर्थ नहोला । म त तपाईको केवल एक फ्यान मात्र ।

म जस्ता त तपाईको हजारौँ फ्यान होला त्यसैले यहाँ मेरो परिचयको के अर्थ । रेखाजी, मैले तपाईको पवनकलिले लिएको अन्तवार्ता, बाटो मुनिको फुल फिल्म देखि नेता प्रचण्ड सँग पनि नाचेको हेरेको थिएँ । एउटा खुला विचारको नारि हुनुहुँदोरहेछ जस्तो लाग्यो । त्यहिँबाट तपाईको फ्यान बन्न पुगेँ । आफू भन्दा धेरै ठुलो उमेरको व्यक्तिसँग विवाह गर्नु भएता पनि माया प्रेम झल्कने कुरा सुन्दा रमाईलो लाग्थ्यो । बिचमा छोडपत्रको हल्ला आउँदा त दुख पनि खुशि पनि लाग्यो । दुख किन लाग्यो थाहै पाईन अब बाटो खुल्यो है भनेर खुशी चैँ पक्कै लाएको थियो ।

होईन रेखाजी, नेपालमा त छोटा छोटा कट्टु बजारमा पाउँदैन रे सबै तपाईले किनेर सक्नुभयो रे ! के यो कुरा सत्य हो र पत्रको जवाफ पठाउँदा लेख्नुहोला है के गर्ने हजुर छुचो मुख । रेखाजी तपाई त अस्ति बर्खर मलेशियामा हुन लागेको कार्यक्रम छोडेर अमेरिका आउनुभएको रहेछ, आएर पनि चाँडै नै फर्किनु भएछ। अनि homeless नेपालीहरू भेट्नु भएछ, नेपाली विधार्थीको नियती बुझ्ने मौका पनि पाउनु भएछ ।

मलेशियाका आयोजक र सयौँ फ्यानलाई झुकाएर अमेरिका आएको पनि तपाईलाई फाईदा नै भएछ । अन्तवार्तामा सुनेको हजुरले त homeless नेपालीलाई भेट्नु भयो रे तपाई त कलाकार पैशा टन्नै भएको मान्छे कति चन्दा दिनुभयो नि ति homeless नेपालीलाई हेर्नु न फेरी यो छुचो मुख ।

रेखाजी, एक महिना मात्र बस्नु भएछ । अलि धेरै बस्नु भएको भए त भेट हुन्थ्यो कि! हुन त तपाईले homeless नेपाली देखेर मन दुखेर चाँडै फर्कनु भयो होला के गर्ने नारीको मन अलि कमजोर हुन्छ भन्छन्। एउटा कुरा सोध्न मन लाग्यो के यो छुचो मुखलाई कतै तपाईले घर नभएका डेरामा, भाडामा बस्ने आफ्नो घर नभएकोहरूलाई homeless भन्नु भएको त होईन । हो भने त तपाईको र मेरो अङ्ग्रेजी त एउटै रहेछ नि । फेरि म पनि! नेपालको सुपरस्टार कलाकार म भन्दा त धेरै नै पढ्यो होला नि, गाह्रो नमान्नुस् है रेखाजी म अलि यस्तै छु । तर रेखाजी हेर्नुस न मेरो छ वर्षको यो बसाँईमा कहिले पनि homeless नेपाली भेटिन, देखिन तर तपाईले एक महिनामा नै देख्नु भयो अनि भेट्नु पनि ।

यहि फरक रहेछ क्या हो आम मानिस र कलाकार मा । अर्को कुरा नि रेखाजी विधार्थीहरू पढ्न होईन पार्न जाँदारहेछन् भन्नुभयो । यो कलाकारिता भाषा पनि बुझ्नै गाह्रो हेर्नुस् कतिलाई सोधेँ चिने जति सबैलाई सोधिसकेँ -होईन रेखाजीले त विधार्थी पढ्न होईन पार्न जाँदारहेछन् भन्नुभयो ! केहो यस्को अर्थ भनेर सोधेँ कसैलाई थाहा नै नरहेछ कस्तो खालको शब्द भन्नुभयो तपाईले पनि । अब यस्को अर्थ खुलाउँदै एउटा पत्र कोर्न अनुरोध छ तपाईलाई ।

अमेरिकामा आउनुस् भनम भने homeless नेपाली देखेर मन चुँडिएको तपाई खोई कसरि भनौँ । ओहो पत्र निकै लामो भएछ क्या हो रेखाजी झर्को नमानि पढिदिनु हुन्छ भन्ने आशा छ मनमा । अब यो छुचो मुख र सलबलाएका हातलाई रोक्दै कलम बन्द गर्दछु । उही तपाईको homeless फ्यान दिनेश गुरूङ बाल्टिमोर, मेरिल्याण्ड