बलिउडका चर्चित अभिनेता सञ्जयलाई पाँच वर्ष जेल सजाय, आत्मसमर्पण गर्न आदेश

मुम्बई आक्रमणमा सहयोग गरेको लगायत विषयमा भारतको सर्वोच्च अदालतले बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई ५ बर्षको जेल सजाय सुनाइएको छ ।

सर्वोच्चले उनलाई सर्वोच्चले उनलाई एक महिनाभित्र आत्मसमर्पण गर्न आदेश समेत दिएको छ ।



यसअघि ६ वर्षको सजाय सुनाएकोमा उनले १८ महिना र केही दिन जेलमा बिताइसकेको हुनाले अब लगभग साढे तीन वर्ष अझै जेलमा बस्नुपर्ने भएको छ ।

सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयो गरेको र गैर कानुनी रूपमा हतियार राखेको अभियोगमा बिहीबार भारतको सर्वोच्च अदातलले अभिनेता सञ्जयलाई ५ बर्षको जेल सुनाएको हो ।

तर, सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकूब मेननलाई भने मृत्युदण्डको सजाय सुनाइएको छ ।

उक्त विस्फोटमा २५७ जनाको मृत्यु भएको थियो भने ७१३ घाइते भएका थिए। प्रहरीले १२३ आरोपीलाई गिरफ्तार गर्दा एक जना बलिउड स्टार सञ्जय दत्त पनि थिए। प्रहरीले उनको घरबाट एके ४७ राइफल बरामद गरेको थियो।