बलिउडका को-को कलाकारले भोगेका छन् जेल जिवन ?

बिहिबार भारतको सर्बोच्च अदालतले नायक संजय दत्तलाई ५ बर्षको जेल सजाय सुनायो । संजय यसअघि पनि जेलमा पुगिसकेका छन् । जेल जाने कलाकारमा संजय दत्त मात्र एक्ला छैनन् । उनी बाहेक अन्य थुप्रै कलाकारहरुले जेल जिवनको अनुभव लिइसकेका छन् । आखिर को को छन् त्यस्ता कलाकार जसले जेलको हावा खाइसकेका छन् ।



१. सलमान खान : बलिउडका चर्चित नायक सलमान खान विभिन्न बिषयमा मुद्दा खेप्दै कैयौ पटक जेल पुगिसकेका छन् । सलमान खान पहिलो पटक सन् २००६ मा एक सिनेमाको दौरान कालो हरिणको शिकार गरेको आरोपमा जेल पुगेका थिए । तर उनी पछि जमानत तिरेर छुटेका थिए । यसपछि सडकपेटीमा सुतिरहेका ४ जना मानिसलाई किचेर मारेको आरोपमा सलमान जेलमा पुगेका थिए । उनको यो मुद्दा अझै पनि न्यायलयमा चलिरहेको छ । यदि यो मुद्दाको फैसला सलमानको विपक्षमा भयो भने उनलाई १० बर्षको जेल सजाय हुनसक्छ । २. सैफ अली खान : मुम्बइको ताज होटलमा एक एनआरआई व्यक्तिलाई पिटेको आरोपमा सैफले जेलको हावा चाखेका थिए । उनलाई प्रहरीले प्राणघातक हमलाको आरोपमा गिरफ्तार गरेको थियो ।

३. जोन अव्राहिम : बाइक चलाउन निक्कै सोखिन नायक जोन अव्राहिम पनि जेल परिसकेका छन् । उनले चलाएको बाइकले ठक्कर दिएर २ जना व्यक्ति घाइते भएका थिए । उनले आफ्नो गल्ती स्विकार गरेका थिए । ४. शाइनी आहुजा : आफ्नै घरमा काम गर्ने एक युवतीलाई बारम्बार बलात्कार गरेको आरोपमा कलाकार शाइनी आहुजालाई जेल जानु परेको थियो । उनले ३ महिना जेलमा बिताएका थिए ।

५. फरदिन खान : नायक फरदिन खानलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो । ९ ग्राम कोकिनको साथमा उनलाई प्रहरीले गिरफ्तार गरी केही समय हिरासतमा राखेको थियो । ६. मधुर भंडाकर : तीन पटक राष्ट्रिय अवार्ड जितिसकेका निर्देशक मधुर भंडाकरलाई एक युवतीले आइटम गीतमा नचाउने बहानमा बलात्कार गरेको आरोप लगाएका थिइन् । यो घटनापछि मधुर लामै समय मिडियामा चर्चामा रहेका थिए । तर उनलाई न्यायलयले सफाई दिएको थियो । ७. मोनिका बेदी : डन अबू सलेमको प्रेमिका बलिउड अभिनेत्री मोनिका बेदीलाई नक्कली पासपोर्टको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई ५ बर्षको जेल सजाय सुनाइएको थियो । तर उनी जमानतमा रिहा भएकी थिइन् ।