बिष सेवन गराई आफूसँगै आमाले २ छोरा मारिन
फागुन २७ – दाङमा एक महिलाले आफूसँगै दुई नाबालक छोराहरुलाई बिष खुवाई हत्या गरेकी छिन्। बिष सेवनबाट तीनै आमा छोराको मृत्यु भएको छ। जिल्लाको देउखुरीस्थित सतवरियाकी सीता चौधरीले शनिबार राती आफूसँगै ५ वर्षीय छोरा सुगम र ३ वर्षीय छोरा आरएनलाई बिष सेवन गराएकी हुन्।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfw6_x2Vseo6zNh8rYVsmwfFsP-OrtirZR-DgLUZ5sPyoKLWtkzrKgYypN0xWVb_ELglN9qxH4xlb4ZSZom8d_gg5Ukh7ih6Z3UqqM0PViRxVmHsyv8GKSDPgHkRdcagYBnnmlwhl_8H4/s320/crime.jpeg)
प्रहरीका अनुसार सुरुमा सीताले आफूले बिष सेवन गरेको र त्यसपछि छोराहरुलाई खुवाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। ‘प्रारम्भिक अनुसन्धानमा सुरुमा आमाले विष सेवन गरेको र त्यसपछि छोराहरुलाई खुवाएको खुलेको छ,’ ईलाका प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक बाबुकाजी गिरीले भने, ‘हामी अझै अनुसन्धानमै छौँ।’ प्रहरी निरीक्षक गिरीका अनुसार बिष सेवनको कारण भने खुलिसकेको छैन। घरमा कोही पनि नभएको बेला तीन आमा छोराले बिष खाएका थिए। प्रहरीका अनुसार सीताका श्रीमान बनारसी चौधरी कामका लागि बाहिर गएका थिए। राती अवेर कामबाट घर फर्किँदा तीनै आमाछोरा छट्पटाएको देखेपछि बनारसीले प्रहरीलाई खबर गरेका थिए। तत्काल घटनास्थल पुगेको प्रहरी उपचारका लागि लमही ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको गिरीले बताए।
सीताका श्रीमान बनारसीले घरमा कुनै बिबाद नभएको बताएका छन्। प्रहरीले घटनाबारे अनुन्धान गरिरहेको छ।nagarik