रणवीरले अझै आफूमाथि हक जमाएको दीपिकाको खुलासा

बलिउडमा नायक नायिकाको प्रेमप्रसंगले सधै जसो नै चर्चा पाइरहेको हुन्छ । यो भिडमा नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको नाम अग्रस्थानमा आउँछ ।


 यि दुइको जोडी लामो समयको रोमान्स पश्चात छुटेको छ । तर पनि रणवीरले अझै आफूमाथी हक जमाउने गरेको दीपिकाको भनाई छ ।दीपिकाले भनिन्, ‘रणवीर अझै पनि म माथी हक जमाउन पछि पर्दैनन्, म कसैसँग नबोलोस् र अरुको बिषयमा कुरा नगरोस् भन्ने उसको चाहना छ ।’ दीपिका र रणवीरले अभिनय गरेको चलचित्र ‘ए जवानी हे दिवानी’ प्रदर्शनको तयारीमा छ ।



दीपिका र रणवीर यो सिनेमासँगै अझै नजिकिएको बताइएको छ । दीपिकासँग सम्बन्ध टुटेपनि रणवीरले उनलाई बिर्सन नसकेको देखिन्छ ।