देशभरका क्याम्पस अगाडि आज सरकारी सवारी नल्न नदिइने

चैत्र ८ – ११ बिद्यार्थी संयुक्तरुपमा देशभरका क्याम्पस अगाडि गरेको चक्काजाम सकिएको छ । उनीहरुले बिहान साढे ८ बजेदेखि १० बजेसम्म चक्काजाम गरेका हुन् । आज दिनभर सरकारी सवारीलाई देशभरका क्याम्पस अगाडिबाट गुड्न नदिने नेपाल बिद्यार्थी संघका प्रवक्ता युक्ति लामिछानेले जानकारी दिए ।

बिद्यार्थी हरुले स्ववियु निर्वाचनको मिति घोषणा माग गर्दै रसंबैधानिक निकायमा लोकतन्त्र बिरोधीको नाम सिफारीश नगर्न दबाब दिने उद्देश्यले चक्काजाम गरेको लामिछानले बताए । सरकारले भर्खरै सार्वजनिक सवारी भाडामा गरेको मूल्यबृद्धि पनि तत्काल फिर्ता लिनुपर्ने माग पनि बिद्यार्थी को छ ।

देशभर क्याम्पस अगाडि चक्काजाम

११ बिद्यार्थी संगठनले देशभरका क्याम्पस अगाडि बिहान साढे ८ बजेदेखि चक्काजाम गरिरहेका छन् । चक्काजाम १० बजेसम्म गरिने नेवि संघ प्रवक्ता युक्ति लामिछानेले जानकारी दिए ।

संबैधानिक निकायमा लोकतन्त्र बिरोधी व्यक्तिको नियुक्तीका लागि सिफारीश नगर्न चार राजनीतिक दललाई दबाब दिने र स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गर्दै चक्काजाम गरिएको लामिछानेले बताए ।

आज दिनभर देशभरका क्याम्पस अगाडिबाट सरकारी सवारी चल्न निषेध गरिने बिद्यार्थी संगठनको निर्णय छ । उनीहरुले सार्वजनिक सवारीमा गरिएको मूल्यबृद्धि फिर्ता लिनसमेत माग गरेका छन् ।ekantipur.com