राजधानी दिउँसै अँध्यारो भएर वर्षा,चट्याङ्ग लागेर ४ वेहास

८ चैत, काठमाडौं । बुधबारसम्म हल्का मात्र बदली भएको मौसम बिहीबार एक्कासी परिवर्तन भएको छ । बिहानदेखि बादल लागेकोमा मध्यान्नपछि पनि एकाएक अँध्यारो भएर मेघ गर्जन सहित पानी परेको छ । पानी नपर्ला भनेर छाता नबोकी निस्केकाहरु बाटोमै अलपत्र परेका छन् । कोही भिज्दै भएपनि गन्तव्यतर्फ लागेका छन् ।

प्रिमनसुनको समय भएकाले मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राजधानी र देशका केही पहाडी क्षेत्रमा हल्का वषर्ा भएको छ । यो क्रम केही घण्टा मात्र कायम रहने विभागले जनाएको छ ।

चट्याङ्ग लागेर ४ जना वेहास

कास्कीको सिल्दुजुरे गाविसको तप्राङ्गमा आज विहान पानीसँगै परेको असिना र चट्याङ्ग लागेर ४ जना वेहास भएका छन् । आज विहान करिब ६ बजेदेखि ९ बजेसम्म परेको असिना पानीले तप्राङ्गका स्थानियवासी ४५ बर्षका सुर्य मगर, २५ बर्षका कमल मगर, २२ बर्षका शोभे कामी र उनका ५ बर्षका छोरा सरोज कामी वेहोस भएका हुन् । वेहोस चारै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि अवस्था सामान्य भएको छ । त्यस्तै चट्याङ्ग लागेर २ हल गोरु मरेका छन् भने चट्याङ्ग पर्दा लागेको आगोले ३ वटा बाख्रा जलेर नष्ट भएका छन् ।

विहानैदेखि परेको असिना पानीले लगाएको खेतीबाली नष्ट भएका छन् भने करिब १ लाख देखि २ लाख बराबरको धनमालको क्षेति भएको छ । त्यस्तै अहिले तप्राङ्गमा १२ देखि १५ सिएम हिउँ परेकाले जनजीवन कष्टकर बनेको त्यहाँबाट स्थानियवासी लक्ष्मण ढुङ्गानाले जानकारी दिनुभयो ।