७ चैत, काठमाडौं । मोहन वैद्य पक्षीय नेकपा-माओवादीका तीन नेताले आगामी संविधानसभाको निर्वाचनमा भाग लिन अपील गरेका छन् । पार्टीले रेग्मी सरकारको विरोध गर्दै निर्वाचन बहिस्कार गर्ने तयारी गरिरहेका बेला सोही पार्टीका नेताले विज्ञप्ति जारी गरी चुनावमा भाग लिनुपर्ने बताएका हुन् । चुनावमा भाग लिने आह्वान गर्ने माओवादी नेताहरुमा कृष्णध्वज खड्का, रेखा शर्मा र कुमार दहाल छन् । नेतात्रयले बुधबार एक अपील जारी गर्दै चुनावमा भाग लिनुपर्ने बताएका हुन् ।
‘विभिन्न वहाना र षड्यन्त्र गरी चुनाव हुन नदिने र देशलाई थप अराजकता र अन्योलको अवस्थामा पुर्याउने खेलप्रति सबै देशभक्त र गणतान्त्रिक शक्तिहरुको सजगता र संघर्ष जरुरी छ ।’- नेतात्रयको अप्लिमा भनिएको छ,- ‘वर्तमानको अप्ठ्यारो स्थितिबाट मुलुकलाई निकास दिन दोश्रो संविधानसभाको निर्वाचनमा सहभागि हुनुको विकल्प बाँकी रहन गएको छैन भन्ने हामी ठान्दछौं ।’ संगठित एमाओवादीमा रहँदा केन्द्रीय समितिमा रहेका खण्डका, शर्मा र दहालले वैद्यपक्षीय माओवादीको महाधिवेशनमा केन्द्रीय समितिमा बस्न अस्वीकार गरेपछि हाल तीनैजना केन्द्रीय समितिमा छैनन् ।
वैद्यपक्षका तीन नेताद्वारा चुनाबमा भाग लिने आह्वान


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं